२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारराष्ट्रिय नर्सिङ दिवस र मेरो बाबाको सपना

राष्ट्रिय नर्सिङ दिवस र मेरो बाबाको सपना


आज माघ १५ । मेरो विशेष दिन वा जन्म भएको दिन । सर्वप्रथम मलाई यो धर्तिमा पाइला टेकाउने मेरो बाबा ममीलाई धेरै—धेरै धन्यवाद दिन चाहन्छु । सानै हुँदादेखि बाबा ममीले ‘राम्रोसँग पढ छोरी, तिमीले राम्रोसँग पढ्यौ भने तिमिलाई नर्स बनाउने हाम्रो ठूलो सपना छ’ भन्नुहुन्थ्यो ।

ठूलो हुँदै गएपछि म सोच्थेँ र बाबा ममीको रहर मैले पूरा गर्नुपर्छ लाग्थ्यो । र, मैले पनि नर्सिङ पढ्ने निर्णय गरें ।

ठूलो सपना देखेर नै मेरो बाबाले दिन रात दुःख गरेर नै छोरीलाई नर्स पढाउन खोज्नुभएको हो ।

६, ७ कक्षामा पढ्दादेखि नै छिमेकी काकाहरुले मेरो बाबालाई भनेको शब्दहरु त अझैपनि झलझल याद आइरहन्छ, ‘सधैँ कति दुःख गर्छस्, एउटा केटा खोजेर बिहे गरेर पठाइदे । के पढाएर राख्छस् ।’ त्यो बेलामा त के थाहा र ? के भनेको होला यी काकाले भन्ने लाग्थ्यो । तर, अहिले बुझ्दा अचम्म लाग्छ । मेरो बाबा ममीलाई केही भएको छैन । तर, मेरो काकालाई के भएको होला ?

त्यतिबेला पनि मेरो बाबाले मेरो छोरीलाई नर्स पढाउने हो, कहाँ अहिल्यै बिहे गर्नु भन्नुहुन्थ्यो । मेरो बाबालाई अझ त्यति धेरै पैसा खर्च गरेर छोरीलाई नर्स किन पढाउँछस् पोइल जान्छे कुन दिन, लाख—लाख पैसा खर्च नगर भन्थे । तर, बाबाले कहिल्यै अरुको कुरा सुन्नुभएन । छोराछोरीको रहर र उज्वल भविष्यको लागि सधैँ दुःख गरेर यस ठाउँमा पु¥याउनुभएको छ ।

दुःख र संघर्षसँगै मैले नर्सिङ पढेँ । एम्बुलेन्सको आवाजसुन्दा नै मेरो आँखा रसाउँथ्यो । बिरामीले अइया अइयाभन्दा मलाई नै दुख्थ्यो । पहिलो चोटी हस्पिटल गएको नै पिसिएल नर्सिङ प्रथम वर्ष हुँदा हस्पिटल पोष्टिङ हुँदा हो । अहिले सम्झिँदा पनि अचम्म लाग्छ ।

पिसिएल नर्सिङ पढेपछि मैले धेरै ठाउँमा जब एप्लाइ गरें । जब पनि गरिरहेको छु । तर, नेपालमा नर्सको स्यालरी देखेर अचम्म लाग्छ । के उद्धेश्यले धेरै सपना बोकेर बाबाले नर्सिङ पढाउनुभयो । तर, मैले तपाईंको सपना केही पूरा गर्न सकेको छैन बाबा ।

तर, तपाईंको छोरी त युद्धमा लड्ने सिपाही भइसकेको छ । दुई वटा युद्ध जितेर यस ठाउँमा पुगिसकेको छ । नेपालमा गएको त्यो महाभूकम्प र कोभिड—१९ जस्तो युद्धमा एउटा सिपाहीजस्तै भएर तापाईंजस्तो धेरै आमा बुबाहरुको केयर गरेको छु । यी आमा बुबाबाट धेरै आशिर्वाद पाएको छु । एउटा बिरामी भएर अस्पताल आउँदाको बिरामी र निको भएर घर जाँदाको त्यही बिरामीको यो खुसी देख्दा त धेरै गौरवबोध हुन्छ ।

कतिले त भने नर्स पढेर के गर्छौ ? त्यही पिआरवाला अंकलसँग बिहे गर्ने त हो नि ।

हुन त के गर्दैछौं नानी भन्नेहरुलाई नर्सिङ गरेको छु र बिरामीहरुको सेवा गर्दै छु भन्दा राम्रो गरेछौ, समाजसेवा गर्नु राम्रो हो पनि नभनेका होइनन् ।

कोहीले नर्स त त्यही डाक्टरको पछिपछि बिपी कफ र थर्मोमिटर बोकेर हिँड्यो । औषधि दियो अनि केही कुरा सोध्यो भने झर्कियो भन्छन् ।

नर्स बिरामीको हेरचाहमा फोकस हुन्छन् । मेडिकल डाइग्नोसिस गरेर मेडिसिन चलाउने अधिकार छैन । सायद उनीहरुलाई थाहा छैन होला आधाभन्दा बढी रोग त हेरचाह गरेरै निको हुन्छ । २४ सै घण्टा बिरामीसँग बस्ने नै नर्स हुन्छिन् । मोनिटरको आलर्मसँग झस्किने नै नर्स हुन्छिन् ।

हामी एउटै बिरामीको हिस्ट्री लिन गएमा भने भन्नुहुन्छ कति सोधेको ? सबै कुरा भनिसके अघिनै भन्नुहुन्छ । अरे तपाईंहरुलाई दुईचोटी सोध्दा त झर्किनुहुन्छ । हामीलाई त एउटै बिरामीको पाँच जना अझै २०/२५ जना कुरुवाहरुले सोधिराख्दा कस्तो हुन्छ होला ? कुरुवाहरुले पनि के भयो, के भइरहेको छ भनेर बिरामीसँग बस्ने कुरुवासँग बुझ्न सकिन्छ नि । एउटै मात्र काम हुँदैन । हेरचाह, औषधि दिने, वार्ड म्यानेज गर्ने धेरै काम हुन्छ । सबै काम आफ्नो ड्युटी आवरभित्र सक्नुपर्छ ।

न त खाजा खाना ठेगान हुन्छ न त पिसाब फेर्न जाने नै । धन्न श्वसा फेर्नलाई समय छुट्याउनु पर्दैन र मात्र ।

तर, गर्व लाग्छ मलाई ती बच्चामा नमिठो बोल्ने छिमेकीलाई बिरामी भएर आउँदा तिमी त यसको छोरी होइन् भन्दै आउँछन् र मेरो हातबाट हेरचाह गर्दा त गर्व लाग्छ बाबा । ती तिम्रो सानैबेलादेखिको बचन त मैले बिर्सेको छैन । तर, यसको मतलब म ख्याल गर्दिन होइन् । झन म गर्वसँग तिम्रो ख्याल गर्नेछु । मेरो लागि तिम्र्रो बचनभन्दा तिम्रो स्वास्थ्य अवस्था महत्वपूर्ण छ ।

तर, वाचा गर्नेछु, बाबा ममी तपाईंले जुन दुःख संघर्ष गरेर मलाई यो ठाउँमा उभ्याउनु भएको छ, त्यो सपना एक न एकदिन पुरा गर्नेछु । मलाई आशिर्वाद दिनुस् ।

म त भन्छु नर्स हुन हिम्मत, आँट र साहस चाहिन्छ । दुःखमा छटपटाएका बिरामीको कुरा सुन्नुपर्छ । रोइरहेका आँखाको आँशु पुछ्नुपर्छ । कसैको अन्तिम विदाइले कति दिनसमम आफैलाई दुःखी बनाइरहन्छ । अरुको दुखाइले आफ्नै मुटु घोचिरहन्छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नर्सलाई ह्याप्पी नेशनल नर्सिङ डे ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ