२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारअस्पताल बन्द तत्काल फिर्ता लेऊ

अस्पताल बन्द तत्काल फिर्ता लेऊ


 २७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीले लाठी चार्ज गर्‍यो । अस्पतालबाट फर्किरहेका वा बाटोमा हिडिरहेका कुनै पनि नागरिकमाथि राज्य अन्धाधुन्ध रुपमा लाठी चार्ज गर्न पाउँदैंन् । डा. सिंहले आफू डाक्टर भएको र अस्पतालको कामबाट फर्कदैं गरेको भन्दासमेत टाउकोमा लाठी हिर्काइहाल्ने प्रहरी कदमको जति निन्दा गरेपनि कम हुन्छ ।

त्यही दिन साँझ नेपाल चिकित्सक संघले डा. सिंहमाथि लाठी चार्ज गर्ने प्रहरी कर्मचारीलाई २४ घण्टाभित्र कारवाही गर्न माग गरेको थियो । घटनापछि वीर अस्पतालमा संघका प्रतिनिधी, सुरक्षा अधिकारी, अस्पतालका चिकित्सकहरुबीच समेत छलफल भएको थियो ।

छलफलअनुसार प्रहरी संगठनबाट क्षमा माग्दै विज्ञप्ति आउनुपर्ने र डा. सिंहको टाउकोमा प्रहार गर्ने प्रहरीमाथि कारवाही गर्नुपर्ने र अस्पताल परिसरमै घटना भएकाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी कानुन आकर्षित हुनुपर्ने माग चिकित्सकहरुको थियो ।

२८ माघमा प्रहरी परिसर काठमाडौंले ‘अमर्यादित र अव्यवसायिक’ कदम चालेको भन्दैं घटनामा संलग्न प्रहरीलाई निलम्ब गर्ने निर्णय नै गरिसकेको छ । प्रहरीले घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्तिसमेत निकालिसकेको छ । संघले दिएको २४ घण्टाको अल्टिमेटमभित्रै प्रहरीले घटनामा संलग्न कर्मचारीलाई कारवाही गर्दै घटनामाथि छानविनको प्रक्रिया अगाडि बढाइसकेको छ ।

संघले दिएको २४ घण्टे अल्टिमेन्ट शनिबार राति मात्रै सकिन्छ । तर, २४ घण्टा पनि बित्न नपाउँदैं संघका केही पदाधिकारीहरुले शनिबार दिउँसै बैठक बसेर थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरे । देशका कुना कन्दराबाट उपचारका लागि राजधानी र सहरका अस्पताल पुगेका लाखौं बिरामीलाई बिचल्लीमा पार्ने गरी संघले गरेको उक्त निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगतै समस्याको समाधान गर्न तयार रहेको र बन्दका कार्यक्रम लिएर वार्ता प्रक्रियामा आउन आग्रह ग¥यो ।

तर, संघ आफ्नो जिद्धीपूर्ण अडानमा कायम रह्यो । र, आइतबार देशभरका अस्पतालहरुलाई अस्तव्यस्त बनाउन सक्रिय रह्यो । एकातिर सिहदरबारमा वार्ताका नाममा सरकारी मेजमानी स्वीकार्ने र अर्कोतिर अस्पतालका ओपीडीमा ताल्चा लगाउन नेतृत्व गर्ने संघको द्वैध चरित्र पक्कै पनि सकारात्मक देखिदैन् । वार्तामार्फत समस्या समाधान गर्न सरकारले दतारुकता लिइरहेकै अवस्थामा वार्ताको परिणामसमेत नकुरी हठात रुपमा आकस्मिकबाहेकका सेवा बन्द गर्नु कुनै कोठबाट पनि उपयुक्त मान्न सकिदैन् ।

नेपालको सबैभन्दा पुरानो व्यवसायिक संगठन हो—नेपाल चिकित्सक संघ । जसमा मुलुकको सबैभन्दा वौद्धिक जमातको जमघट छ । त्यो वौद्धिक जमातका गतिविधी सिंगो समाजका लागि नै पदप्रर्दशक हुने गर्छ । नेपालमा बन्दका कारण परेका दूरगामी प्रभावबारे यो पंक्ति अनभिज्ञ भन्न मिल्दैन् । तर, त्यही जानकार पंक्तिले पनि बन्दजस्तो घातक निर्णय, त्यो पनि अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गर्नु कदापी स्वीकार्य मान्न सकिदैन् ।

व्यवसायिक संगठनले आफ्ना माग पूरा गर्न प्रक्रियागत रुपमा आन्दोलन गर्नु स्वभाविक हो । तर, नेपाल चिकित्सक संघले आफ्ना माग पूरा गराउन सुरुमै अस्पताल बन्दजस्तो जुन घातक निर्णय गर्‍यो, त्यसले संघको नेतृत्व क्षमतामा पनि प्रश्न चिन्ह उब्जिएको छ । आफ्ना मागहरु पूरा गर्नका लागि गरिने चरणवद्ध प्रक्रियाहरु पनि छन् । ती कुनै पनि प्रक्रियाहरुमा नगएर संघले बन्दजस्तो घातक आन्दोलनको बाटो रोजेर वार्ता पनि सँगैसँगै गरिरहेको छ । सिंहदरबारमा वार्ता गर्ने र अस्पतालका गेटमा बिरामीलाई अलपत्र पार्ने काम रोकेर संघले वार्तालाई अगाडि बढाउँदैं आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ