२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘निजीमा जाने बिरामी सरकारी अस्पतालमा आउने वातावरण बनाउँछु’

‘निजीमा जाने बिरामी सरकारी अस्पतालमा आउने वातावरण बनाउँछु’


गत भदौ २ गतेदेखि डा. गुणराज लोहनीले विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) को जिम्मेवारी सम्हाल्दै आएका छन् । यसअघि उनी स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए । उनी सरुवा भएर कोशी अस्पताल आएसँगै सरसफाइ चिटिक्क देखिन थालेको छ । मेसु डा. लोहनी आफै दैनिक अस्पतालको सरसफाइमा खटिन्छन् । हेल्थआवासँगको कुराकानीमा उनले अस्पताल सुदृढीकरणका विभिन्न योजना सुनाए । कोशी अस्पतालमा दैनिक ओपीडिमा १ हजार जना बिरामीले सेवा लिने गरेको छन् ।

दरबन्दीमा भएका विशेषज्ञ चिकित्सक अहिले पनि अस्पतालमा रिक्त छ । काम कसरी भैरहेको छ ?
दरबन्दी भएका विशेषज्ञ चिकित्सक पर्याप्त नभएपनि हामीसँग अन्य विशेषज्ञ चिकित्सकहरू छन् । यस विषयमा हामीले मन्त्रालयमा पनि जानकारी गराएका छौं । हामीले जानकारी गराएपछि केही विशेषज्ञ चिकित्सक आएका छन् । यद्यपी चिकित्सक पुगेका छैनन् । यस अघि दाँतको शल्यक्रियाको सेवा थिएन । अहिले दाँतको मेजर शल्यक्रिया शुक्रबार हुने गरेको छ । बिस्तारै नाक, कान, घाटीको पनि शल्यक्रिया सुरु हुनेछ । चिकित्सक नभएको भन्दा पनि भएको मान्छेले कम काम गरेको हो ।

कोशी अस्पतालमा ओपीडिमा समयसीमासम्म चिकित्सक नबस्ने परिपाटी छ । यसको अन्त्य कसरी हुन्छ ?
विगतका दिनहरूमा तपाईंले भनेजस्तो थियो होला । म भदौ २ गते अस्पतालको मेसुको रूपमा जिम्मेवारी सम्हालेपछि अहिले आएर केही फरक भएको छ । म आएपछि मैले यहाँका सबै चिकित्सकसँग सरसल्लाह गरेको छु, सबै भएर कोशी अस्पताल सुधार गरौं भन्ने पक्षमा छौं । चिकित्सकहरू पनि लागि पर्नुभएको छ । अहिले ओपीडिमा १० बजे आएर २ बजेसम्म बिरामी हेरेर जाने गर्नुभएको छ । यसलाई मैले सकारात्मक रूपमा लिएको छु । अबको केही दिनपछि ८ बजे चिकित्सवकहरू हस्पिटल आएर २ बजेसम्म बिरामी हेरेर जाने वातावरण बनाउँदैछु । यस विषयमा चिकित्सकहरूसँग पनि सरसल्लाह भैरहेको छ । चिकित्सकहरू पनि यसमा सकारत्मक हुनुहुन्छ । त्यसका लागि मोटिभेसन कार्यक्रम पनि राख्दै आएको छु ।

तपाईंको कार्यकालमा कोशी अस्पताललाई कस्तो बनाउने योजना बनाउनुभएको छ ?
म यहाँ आएपछि मेरो एउटै लक्ष्य रहेको छ, निजी अस्पतालमा जाने बिरामी सरकारी अस्पतालमा आउने वातावरण बनाउँछु । त्यसका लागि सबैको साथ सहयोगको खाचो छ । यस विषयमा मैले चिकित्सकहरूसँग पनि सरसल्लाह गर्दै आएको छु । कसरी हुन्छ कोशी अस्तालको स्वरुप परिवर्तन गरी निजीमा जाने बिरामीलाई कोशीमा ल्याउन सक्ने बनाउने छौं । २ बजेपछि विस्तारित स्वास्थ्य सेवा –इउचएस) सुरु गरेर पेइङ ओपिडि सेवा संचालन गर्नेछौं । २ बजेपछि यही अस्पतालमा बसेर यो सेवाबाट निजीमा लाग्ने शुल्क यही लिनुहोस भन्ने गरेको छु । यसो गर्दा ल्याबबाट हुने आम्दानीले अस्पतालको आम्दानी वृद्धिमा पनि टेवा पु¥याउँछ र चिकित्सकहरुलाई बढी कमाउनका लागि धेरै क्लिनिक धाइरहुनपर्ने बाध्यता पनि हुँदैन् ।

साथै, अहिले हाम्रो गाइनो वार्डमा बिरामीको भरिभराउ रहेको छ । चाडैं गाइनो वार्ड थप विस्तार गर्ने योजनामा रहेका छौं । त्यसका लागि हामीले १ सय बेडको प्रसुती वार्ड संचालन गर्न निजी घर भाडामा खोज्दैछौं । अहिले स्त्री तथा प्रसुती गरी १ सय १२ वेडको रहेको छ । यति मात्रले ठाउँ अभाव भएर गाइनो वार्ड विस्तार गर्ने योजना गरेको हौं । भवन निर्माणको लागि शिलन्यास पनि भएको छ । करिब २ वर्षमा निर्माण कार्य पनि पूरा भै संचालनमा आउनेछ । कोशी अस्पतालमा २४ घण्टा सेवा कसरी प्रभावकारी बनाउने यसमा पनि मैले सोच विचार गर्दै आएको छु ।


निजीमा जाने बिरामीलाई कोशी अस्पतालमा ल्याउने बनाउछु भन्नुहुन्छ । तर, बिजुली जाँदा अस्पतालमा रहेको ल्याबको उपकरणहरू बन्द हुन्छ । यस्तो समस्या समाधान कसरी गर्नुहुन्छ ?

अहिले विराटनगर क्षेत्रमा विकास निर्माणले गर्दा केही समस्या भएको छ । अब यो धेरै दिनसम्म चल्दैन । यस विषयमा हामीले विद्युत प्राधिकारणसँग पनि सरसल्लाह गरेका छौं । कोशी अस्पताल छुट्टै किसिमको विद्युुतको व्यवस्था गरिदिन हामीले मन्त्रायसँग पनि पहल गरेका छौं । विद्युत जाने कारणले गर्दा ल्याबका केही उपकरणमा खराबी भएको छ । एउटा उपकरण बिग्रिए पनि अर्को काम गरेको छ । पूर्ण रुपमा काम समस्या भने भएको छैन । तर, यो समस्या अब धेरै दिनसम्म जादैन् । हामी अहिले जेनेरेटर खरिदको प्रक्रियामा पनि गएका छौं । यी सबै समस्या अब चाडै सावधान हुनेछ ।

अन्त्यमा सेवाग्राहीलाई केही भन्नुहुन्छ ?
कोशी अस्पताल तपाईं हामी सबैको हो । सबैलाई अस्पतालको सुधार गरी राम्रो बनाउनेतिर लाग्नु पर्दछ । यसमा सबैको साथ सहयोगको खाँचो छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ