२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसमायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो

समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो


भानुभक्त ढकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री

हिजोका दिनहरुमा सरकारी क्षेत्रबाट यथोचित रुपमा पु¥याउन नसकिएका विषयहरु केही विषय रहेछन् तिनलाई जुन योजनाका साथ अगाडि बढौं भन्ने उद्देश्यले ठाउँ ठाउँमा छलफल गरिरहेका छौं । देशका अति आवश्यक कानुन बनाउने एक चरण सकिएको हुनाले प्रधानमन्त्रीले मलाई सरुवा गर्नुभयो । र, यो नयाँ जिम्मेवारी दिनुभएको छ ।

म यति विश्वास दिलाउन चाहान्छु कि जहाँ जुन ठाउँमा जिम्मेवारी दिएर पठाइन्छ, त्यहाँ विस्तारै क्रमिक रुपमा मेरो क्षमताले भ्याएसम्म म काम गर्ने नै छु । हामीले सुरुमा मन्त्रालय आउँदा जे देखेका थियौं, त्योभन्दा फरक पायौं । प्रत्येक अस्पतालको संरचना फरक फरक छन् । सरकारी स्वामित्व पनि छ, सरकारसँग मिसिएको पनि छ । सरकारसँग नीतिगत रुपमा संलग्न भएको तर कामको हिसाबले सरकारी क्षेत्रको भन्दा स्वतन्त्र रहेका ठाउँहरु पनि हामीसँग रहेछन् । यी विविध खालका ठाउँमा मन्त्रालयमा बसेर जानकारी लिनुभन्दा पनि सम्बन्धित ठाउँमा नै गएर बुझ्नाले त्यहाँको स्थितीबारे सहज जानकारी हुन्छ भन्ने उद्धेश्यले हामी मन्त्रालय माताहतका निकायमा गएर छलफल अन्तरक्रिया गरिरहेका छौं । हामी मन्त्रालय, टेकु (स्वसथ्य सेवा विभाग), न्याम्स, गंगालाल गर्दै यहाँ आइपुगेका छौं । हिजो बाँकी भएका कामहरु पूर्ण गराउने हाम्रो प्रतिबद्धता छदैछ ।

तर, स्वास्थ्य क्षेत्रमा सधै कुरा ठुला ठुला भइरहने, सिद्धान्त राम्रा बनिरहने तर ब्यवहारमा जनताले अनुभुति गर्न नपाउने । त्यसैले धेरै हाई साउण्डिङमा कुरा गर्नुभन्दा अगाडि जनतालाई परिणाम पाएको महसुस गराउने गरी स्वास्थ्य सेवा कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे सोच्न आवश्यक छ । तपाईंहरुका सुझावहरुले पनि यसलाई सफल बनाउनको निम्ति सहयोग पु¥याउने छ । किनकी हामीले बिरामीले भोग्ने गरेका पीडाहरु म्हसुस गरेका हुँदैनौ । तर, तपाईंहरु कार्यरत भएको ठाउँमा एकैदिनमा ठूलो समस्याहरु आउँछन् । र, ती सबै क्षेत्रमा बसेर काम गर्ने साथीहरुको अनुभव समृद्ध छ । त्यो अनुभवहरुको आधारमा केही गर्न सकियोस् । अब कुराले हैन मानिसहरुलाई परिणाले सेवा पु¥याउन सकियोस् भन्नका लागि कसरी कार्यक्रमहरु ब्यवस्थित गर्न सकिन्छ ? यहाँहरुको साथ सहयोग आवश्यक रहेको छ ।

मैले मन्त्रीको हैसियतले सम्हालेको जिम्मेवारीमा सरकारको तर्फबाट राम्रो काम गर्न के गर्नुपर्छ भन्ने विषयमा अभिभावक तथा नेतृत्व गर्नेछु । त्यसको लागि तपाईंहरुले साथ सहयोग र मार्गदर्शन दिनुपर्छ । बाटो देखाउने तथा बुझाउने जिम्मेवारी पनि तपाईंहरुसँग छ । सँगसँगै हामीलाई गलत बाटोमा हिड्न नदिनु र गलत बाटोमा हिड्न लाग्दा सजग गराउने पनि तपाईंहरुले नै हो । त्यो हैसियत र अधिकार तपाईंहरुसँग छ । हामी यहाँ आएको निजी स्वार्थ र लाभ पूरा गर्नको लागि नभएर सेवाका लागि हो । सेवा कुनै पनि स्वार्थबिना गर्नेछौं, जसरी तपाईंहरु गर्दै हुनुहुन्छ । हाम्रा कुराहरुले तपाईहरुलाई पनि अगाडि बढ्न सहयोग पुगोस् भन्ने आग्रह र अपेक्षा गर्छाै ।

यो मन्त्रालय सम्हाल्नुअघि बेथितीहरु विभिन्न प्रकारका छन् भन्ने सुनेको थिएँ । खरिद, बिक्री तथा निर्माणका कुराहरुमा थुप्रै चुनौती छन् भन्ने पनि सुनेको छु । कर्मचारी सरुवा बढुवा सम्बन्धि गुनासो पनि सुनेको छु । यी कुराहरु गलत नै हुन् भन्ने अर्थमा मैले बुझेको छु । यदि ती कुराहरु सहि नै हुन् भने पनि भोलिका दिनहरुमा यो जिम्मेवारीहरु सम्हाल्ने क्रममा निष्ठा इमानका साथ सेवाभावले प्रस्तुत भएर सबैको सहमतिले राम्रा कुराहरुलाई अगाडि बढाउनेछु । हाम्रो मन्त्रालयमा २ जना सचिव हुनुहुन्छ । एकजना अनुभवी तथा अर्काे ठूलो मन्त्रालाय सम्हालेको व्यक्तित्व हुनुहुन्छ ।

मन्त्रालय कस्तो परेछ भने सिंहदरबार भित्र जान नसक्ने जनताहरु सरकार खोज्दै आउने ठाउँ रहेछ । जनता आफूलाई अलिकति केही अन्याय भएकोजस्तो लाग्यो भने सरकार खोज्दै जादा कहाँ जानेभन्दा सिंहदरबारको यहि स्वास्थ्य मन्त्रालयमा जाने । हाम्रा केही सचिव र कर्मचारी साथीहरु अन्याय पर्दा सर्वाेच्च अदालतको आगनमा जानुहुन्छ नि, हो त्यस्तै । छिमेकीसँग न्याय माग्यो भने पाइहालिन्छ भन्ने मनोहिसाबले त्यहाँ जाने परिपाटी पनि अलि बेसी भएको देखिन्छ । छिमेकीका राम्रा कुरा सिक्ने त ठिकै होला तर सधैभरि छिमेकी सज्जन र इमान्दार मात्रै नहुन पनि सक्छन् भन्ने कुरालाई पनि हामीले बुभ्दा राम्रो होला ।

अहिले १ जना सचिव कार्यालयमा हुनुहुन्छ । अब १ जनालाई सरकारले पहिले सरुवा ग¥यो । त्यसपछि उहाँ अदालतमा गएर क्षमायाचना गरेर आउनुभयो । अदालतले थामी दिएपछि बाहिरै (डब्लुएचओ) जागिर पाउनु भएछ, त्यसपछि राजीनामा दिएर पठाउनुभयो । सरकारकोमा गएर यो अवधिसम्म काम गर्छु भन्नुभएको हुनाले हिजोको प्रतिबद्धताअनुसार काम गर्नुस्, नजानुस् भनेर उहाँको राजीनामा पनि हामीले अस्वीकृत गरेका छौं । त्यसैले हामीलाई २ जना सचिव प्राप्त भएको छ ।

अलि ठूलो संरचना, धेरै जनशक्ति, राष्ट्रव्यापी भएर होला अलि गर्व पनि छ । अब शिक्षा नजोड्ने हो भने करिब ३३ हजार कर्मचारी भएको मन्त्रालय यही मात्रै हो । गर्व गर्ने हाम्रो स्थिती छदैछ तर ठूलो छौ भन्ने कुराले पुलपुलिएर हिड्ने कुरा पनि हुँदैन । पुलपुलिएकै कारण कहिलेकाहीं मनोमानी ल्याउनाले र जबरजस्ती बन्ने प्रवृत्ति पनि यदाकदा देखिन्छ भन्ने मन्त्रालयबाटै सुनेको छु । संस्थागत हिसाबले भन्दा पनि व्यक्तिवादी सोच बढी छ भन्ने पनि सुनेको छु । । विदेशतिरका आमन्त्रण आएभने आफू अनुकूल व्याख्या गरी सम्बन्धित ठाउँमा पुगिहाल्ने, आफूलाई अनुकूल भएन भने त्यो ड्रोएरमा थन्क्याउने र म्याद गुज्रिएपछि मात्र अरुले थाहा दिने प्रवृत्ति छ भन्ने सुनेको छु । अब जान नपाउनेले भनेको त्यो प्रचार मात्र हो भने त राम्रै भयो । होइन त्यस्तै भएको रहेछ भने त्यसलाई नियमनमा ल्याउनुपर्छ ।

नीतिगत हिसावमा, नेत्तृत्वका हिसावमा जसले जुन हिसाबमा काम गर्नुभएको छ उहाँले नै जाने हो । तर, त्यसो गर्दा एकथरी चाहिं विदेशमा मात्र जाने र आइरहने । एकथरीले विदेश देख्नै नपाउने अवस्था छ भने त्यसलाई हामीले अन्त्य गर्नुपर्छ । सिक्ने सिकाउने कुराका लागि धेरैभन्दा धेरैलाई अवसर पनि दिनुपर्छ । राज्यको निम्ती नीति र नेतृत्व गर्ने कुरामा जसको जिम्मेवारी हो, उसलाई स्थापित गर्ने गरी अगाडि बढ्नुुपर्छ ।

समायोजनका कुराले हाम्रो मन्त्रालय एकदमै ठूलो समस्यामा गाजेजस्तो देखियो । एक पटक स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु संघीय मामिलाले खटायो । खटाएपछि समस्या आयो । समस्या आएपछि अनि फेरि समाधान गर्न चाहिं स्वास्थ्य मन्त्रालय पठायो । धेरै साथीहरुसँग अन्तक्रिया गर्दा हाम्रोमा अन्योलता भयो भन्ने नै गुनासो छ । अहिले मन्त्रालयमा जानुभयो भने सबै मान्छे यही छन् । हुन त त्यहाँ नगएर कहाँ जाउन । आउँदा समस्या समाधान होला भनेर नै आउनुभएको छ । अव समस्याको समाधान गर्ने जिम्मेवारी हामीले नै पाएका छौं । तर, भर्खर आएको हुँदा ठ्याक्कै यही गरिहालौ भन्ने अवस्थामा पुगेका छैनौ । तर, यति कुरा हो म मन्त्रालयको नेत्त्व लिएर आएको हुनाले यो समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो । यो समस्याको समाधान म साथीहरु मिलेर गहकिलो छलफल गरी यथोचित ढंगले गर्छौ । हरेक समस्याको समाधान गर्ने कुरामा मन्त्रालयको नेतृत्व हामीले सम्हालेको हुँदा समाधान खोज्ने कुरा हामीले गर्छौ ।

अन्त्यमा अस्पतालहरुको सेवा प्रवाह गर्ने कुरामा सरकार कुनै कन्जुस्याइ गर्दैन । तर, कहिलेकाहिं समस्या एउटा हुन्छ, समाधान गर्ने निकाय एउटा हुन्छ । त्यो समस्यालाई समाधान गर्नुपर्ने पहल भएन भने कामै रोकिन्छ । समस्या समाधानको लागि सही समयमा सही स्थानमा पहल भने गर्नुपर्छ ।

(मन्त्री ढकालले बुधवार परोपकार प्रसुतीगृहको अनुगमन पश्चात अन्तक्रियामा दिएको मन्तव्यको सम्पादित अंश)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ