२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य सचिव भन्छन्, ‘कामकाजमा आएनन भने मन्त्रालयले कडाभन्दा कडा कदम चाल्नुपर्ने हुन्छ’

स्वास्थ्य सचिव भन्छन्, ‘कामकाजमा आएनन भने मन्त्रालयले कडाभन्दा कडा कदम चाल्नुपर्ने हुन्छ’


३१ जेठमा डडेल्धुरा अस्पतालमा शल्यक्रियाका क्रममा २५ वर्षीया गर्भवती महिला गीता ताम्राकारको मृत्यु भयो । त्यसपछि विरामीका आफन्तले चिकित्सकहरूले उपचारमा लापरवाही गरेको भन्दै प्रदर्शन र अस्पतालमा सामान्य तोडफोड समेत गरे । त्यसपछि डडेल्धुरा अस्पतालको अवस्था असामान्य बन्न पुग्यो । आइतबार दिउँसो डडेल्धुरा अस्पतालमा क्रियाशील ११ जना डाक्टरले असुरक्षा महसुस भएको भन्दैं सामूहिक विदामा बस्ने पत्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेललाई बुझाए । त्यसलगतै केन्द्र मातहतमा रहेको उक्त अस्पताल अब कसरी चल्छ भनेर हामीले स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियासँग छोटो कुराकानी गरेका छौं ।

डडेल्धुरा अस्पतालमा ११ चिकित्सक सामूहिक विदामा बसेछन् । अब अस्पताल कसरी चल्छ ?
विदा सहुलियतको अधिकार हुदै होइन् र त्यस सम्बन्धमा मलाई सामूहिक बिदामा बस्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छैन् ।

उहाँहरूको सामूहिक बिदा बस्नेबारेको पत्र नै आएको छ नि ?
पत्र के हो त्यो प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा पठाउन मैले अनुरोध गरेको छु । अनि, भानु न्यौपानेको संयोजकत्वको छानविन टोली गएको छ ।

कहिले गएको हो छानविन टोली ?
अहिले तपाईहरुसँग बोल्दाखेरि पुगिसक्यो । जसमा सदस्य डा. पुण्य पौडेल सदस्य र प्रदेश सरकारको तर्फबाट गोविन्द जोशी छानविन टोलीमा हुनुहुन्छ । कर्मचारीलाई आ—आफ्नो ठाउँमा बसेर काम गर्न हामीले निर्देशन दिएका छौं । अब निर्देशनको विरुद्ध कर्मचारीले त्यसरी जोरजबरजस्ती गरेर सुरक्षालाई मात्रै बहाना बनाएर कामकाजमा आएनन भने मन्त्रालयले कडाभन्दा कडा कदम चाल्नुपर्ने हुन्छ ।

मन्त्रालयले वास्ता गरेन भन्ने पनि छ नि ?
कस्तो वास्ता नगर्नु, घटना थाहा पाउने बितिकै म आफै हिजो नेपालगन्ज थिए मैले बैतडीबाट पोष्टमार्टम गर्न डाक्टरहरुलाई खटाएको छु । उहाँहरुले भनेकै मानेको छु । पोष्टमार्टम सम्पन्न भएको छ, लाश सदगद भइसकेको छ । अस्तिको घटनालाई लिएर उहाँहरुले मनोवैज्ञानिक रुपमा हामी त्रसित छु भन्नुभएको छ त्यो एकहदसम्म ठीक छ । सेवा नै अवरोध गर्नु उहाँहरुको पूरै गैरजिम्मेवार काम हो । त्यसमा मन्त्रालय गम्भीर छ । गम्भीर भएको हुनाले नै त्यहाँ छानविन टोली पठासकिएको छ । सेवा सुचारु राख्नलाई पनि तपाईहरुको अनलाइनमार्फत पनि मन्त्रालयले कर्मचारीलाई सूचित गराइदिनु अनुरोध गर्दछु । ्र

तस्वीरः स्वास्थ्य मन्त्रालयको बेवसाइटबाट


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ