२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचाररहस्यमयी नोवेल कोरोना भाइरस के हो?

रहस्यमयी नोवेल कोरोना भाइरस के हो?


चीनको हुवेइ प्रदेशको वुहान सहरमा पहिलोपटक देखिएको चिनियाँ रहस्यमयी नोवेल कोरोना (२०१९-nCoV) भाइरसको प्रकोप सन् २०१९ को मध्य डिसेम्बरमा देखिएको थिया र उक्त भाइरसको संक्रमण नेपाल, जापान, अमेरिकासहित अन्य २२ देशहरुमा फैलिसकेको हालसम्मको तथ्याड़कले देखाएको छ र यस भाइरसको संक्रमणलाई लिएर विश्वव्यापी रूपमा त्रास र चिन्ताको विषय बढिरहेको छ । अझैसम्म यसको आधिकारिक नाम छैन तर पनि यो भाइरस लाई नयाँ वुहान कोरोना भाइरस भनेर चिनिन्छ ।

नोवेल कोरोना भाइरसको प्रकोपले हालसम्म चीनको मध्य सहर वुहानमा १ सय १०जना मानिसको ज्यान गएको छ र हालसम्म ४६०० भन्दा बढी संक्रमित केसहरु चीनमा पुष्टि भइसकेका छन् । चिनियाँ सरकारले हुबेईका करिब ५० मिलियन मानिसहरुलाई यो रोगबाट संक्रमण हुन नदिन क्वारेन्टाइनमा (सरुवा रोगको कारण अलग्याउने काम ) राखेको छ र लगभग २० भन्दा बढी सहरमा सरकारी तालाबन्दी गरिएकोछ र हुबेईका सम्पूर्ण सहरहरुमा सार्वजनिक तथा लामो दूरीका यातायातहरु बन्द गरिएका छन् । त्यसैगरी चिनियाँ सरकारले बजार, रेस्टुरेन्ट र अनलाइनमा वन्यजन्तुको विक्री-वितरणमा प्रतिबन्धसमेत लगाएको छ भने धेरै सहरहरूमा व्यापार, व्यवसाय र स्कूलहरू केही हप्ताको लागि बन्द गरिएको छ । साथै कोरोना भाइरसको संक्रमण भएको मुख्य केन्द्र वुहानमा चीनले उपचार र संक्रमण नियन्त्रणका लागि दुई अस्पताल बनाउदै गरेको छ ।

केही दिनअघि विश्व स्वास्थ्य संगठनले यो रोगकोसंक्रमणबारे आधिकारिक धारणा सार्वजिनक गर्दै (यो प्रकोप चीनमा आपतकालीन हो तर यो अहिलेसम्म विश्वव्यापी स्वास्थ्य आपतकालीन ( ग्लोबल हेल्थ इमर्जेन्सी) बन्न सकेको छैन भनेर आकस्मिक बैठक बसेको थियो । जबकी यो भाइरस छिटो र आक्रमक तरिकाले विश्वव्यापी रूपमा फैलिदै,अझै बलियो हुँदै गएको छ । सन् २०१५ मा इबोला महामारी ढिलो घोषणा गर्दा धेरैको ज्यान गएको थियो । त्यसैले नयाँ कोरोना भाइरस संक्रमणबारे विश्व स्वास्थ्य संगठनले चाडोभन्दा चाडो इमर्जेन्सी घोषणा गर्नु जरुरी देखिन्छ । यदि यो नयाँभाइरस द्रुत गतिमा फैलिदै गयो भने यसले चीनको अर्थव्यवस्था र विश्वलाई त हानी पु¥याइरहेको छ र यसले ग्लोबल मन्दी निम्त्याउन सक्छ भन्ने कुरा पनि प्रस्ट देखाएको छ ।

नोवेल कोरोना (२०१९-nCoV)भाइरस सन् २००२ मा चीनमै फैलिएको (सार्स) सन् २०१२ मा मध्यपूर्वको (मर्स) कोरोना भाइरस भित्रकै समूहहरुको एउटा ठूलो सदस्य हो जुन जनावर र मानिसबीच सर्ने गर्दछ । विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना भाइरसले ज्वरो, रुघाखोकी लाग्नुका साथै फोक्सोको संक्रमण गराई निमोनिया निम्त्याउँछ । केवल यो भाइरस केही घण्टाभन्दा बढी हावामा बाँच्न सक्दैन् । यसको ऊष्मायन अवधि (२०१९-nCoV) अज्ञात भएतापनि मोटामोटी रूपमा लगभग २ देखि १४ दिनको बीचमा अनुमान गरिएको छ । कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन् । यसअघि ६ प्रकारको भाइरसमात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले आएर यो नयाँ प्रकार पत्ता लागेसँगै यसको संख्या ७ पुगेको छ ।

नोवेल कोरोना भाइरसको स्रोत के हो ?
स्वास्थ्य अधिकारीहरू र तिनका साझेदारहरू नयाँ कोरोना भाइरसको स्रोत पहिचान गर्न दिनरात कडा मेहनत गरिरहेका छन् । यद्यपी यसको मूल स्रोत पहिचान नभएतापनि वैज्ञानिकहरूले कोरोना भाइरसका सम्भावित कारण हुनसक्छ भनेका छन्। वुहानको समुद्री खाना तथा पशुबजारमा चमेरा, कोब्रा सर्पजस्ता वन्यजन्तुको उपभोग र त्यहाँबाट भाइरसको एक्सपोजर भएको हुन सक्ने बताएका छन् ।

कस्ता खालका लक्षण र जटिलताहरु देखिन्छन् ?
प्रारम्भिक लक्षणहरू जस्तै ज्वरो, सुख्खा खोकी, मायाल्जिया (मांसपेशी दुख्ने), र थकान हो । त्यसैगरी उत्पादनशील खोकी (कफ जसले कफ उत्पादन गर्दछ) र असामान्य तरिकाले टाउको दुख्ने, हेमोप्टाइसिस (खोकीसँगै रगत देखिने) र झाडा पखाला कहिलेकाँही हुन्छ । अन्य जटिलताहरूमा निमोनिया , सेप्टिकशक, किड्नी फ़ेलेएर , भाइरस(प्रेरित कार्डियक इन्जुरी देखिन्छन् ।

भाइरस कसरी फैलिन्छ र सर्छ?

कोरोना भाइरस भाइरसहरूको ठूलो परिवार भएकोले यसले मानिसको तल्लो श्वासप्रश्वास नलीमा संक्रमण गर्छ । इन्फ्लूएन्जाजस्तै, यो कोरोना भाइरस दुवै प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा फैलिन्छ । प्रत्यक्ष सम्पर्कजस्तै नजिकको सम्पर्कको माध्यमबाट साथीहरू र परिवारबीच सूक्ष्म जीवको शारीरिक हस्तान्तरण, चुम्बन , ¥याल आदिको माध्यमबाट हुन्छ भने अप्रत्यक्ष सम्पर्क चाहिँ संक्रमित व्यक्ति खोक्दा वा हाछ्यु गर्दा , संक्रमित व्यक्तिले छोएको ठाउँमा छुदा सर्ने गर्दछ । यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने र यसरी सर्दासर्दै यो मान्छेसम्म पुग्ने गरेको छ । वैज्ञानिकहरुले अझैपनि यो रहस्यमय भाइरसको संक्रमण कसरी र कति चाँडो फैलिन्छ भन्ने एकिन नभएपनि अन्दाजकै भरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भनेका छन् ।

जोखिम
प्रभावित क्षेत्रहरूमा यात्रा गरिरहेका व्यक्ति र संक्रमित केसहरूसँग सम्पर्क रहेको व्यक्ति, चिकित्सक तथा स्वास्थ्यकर्मी आदि जोखिममा हुन्छन् । मधुमेह, किड्नी फ़ेलेएर, मुटुरोग, एचआईभी, क्यान्सर , रोगप्रति रक्षात्मक प्रणाली कमजोर भएका, बालबच्चा, वृद्धहरू बढी जोखिममा हुन सक्छन् । यो रोग लाग्दैमा बिरामीको मृत्यु हुँदैन् ।

रोकथाम के छ ?
नयाँ वुहान कोरोना भाइरसको खोप छैन् । कुनै पनि एन्टिभाइरल औषधि कोरोना भाइरस विरुद्ध प्रभावकारी साबित भएको छैन् । यसको कुनै उपचार छैन तर, यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचारमात्र गर्न सकिन्छ । यो रोग लाग्दैमा बिरामीको मृत्यु हुँदैन । यो रोग लाग्न नदिनुका लागि निम्न लिखित कुराहरू ध्यान दिनु आवश्यक छ ।

  • कम्तिमा २० सेकेन्डको लागि साबुन र पानीले प्राय आफ्ना हातहरू धुने । यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहलरहित सेनिटाइजर प्रयोग गर्ने ।
  • N95 मास्क रोकथामका लागि उपयोगी हुन्छ । उपलब्ध नभएको खण्डमा सजिर्कल मास्क प्रयोग गर्ने ।
  • खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख टिस्यु पेपर वा सफा कपडाले छोप्ने ।
  • जथाभावी छोएका हात आँखा, मुखमा नलाने ।
  • रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने ।
  • आफु बिरामी भएको बेला घरमा बस्ने ।
  • जंगली तथा घरेलु पशुपक्षीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने ।
  • पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने ।
  • बिरामी मानिसको सम्पर्कमा नआउने ।
  • प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, सागसब्जी ,फलफूल, गेडागुडी आदि खाने ।
  • भिडभाडजस्तैः अस्पताल, सिनेमाघर ,सार्वजनिक ठाउँ, सार्वजनिक यातयात, सपिङ मल, आदिमा नजाने ।

( डा. राजन किशोरी केसी हाल चीनमा स्त्री तथा प्रसुति रोग विशेषज्ञमा अध्धयनरत छिन्। )


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ