२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभारतबाट आएका एक जुम्लामा क्वारेनटाइनमा

भारतबाट आएका एक जुम्लामा क्वारेनटाइनमा


जुम्ला –जुम्लाका एक यूवालाई कोरोनाको आशंकापछि क्वारेनटाइनमा राखिएको छ । सिंजाका ३२ वर्षीय एक यूवालाई क्वारेनटाइनमा राखिएको हो । भारतको कास्मीरबाट आएको करिब ११ दिनपछि चेकजाँच गर्दा उच्च ज्वरो र निरन्तर खोकी लागेपछि क्वारेनटाइनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(कास)का अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए । रावलका अनुसार ती युवालाई विगत सात दिनदेखि निरन्तर उच्च ज्वरो र तीन देखि खोकी लागेको थियो ।
आफै उपचारका लागि प्रतिष्ठानकाे अस्पताल  पुगेका उनमा चेकजाँच गर्दा कोरोनाको लक्षण देखिएपछि कर्णाली प्राविधिक शिक्षालय स्थित क्वारेनटाईनमा रोखिएको डाक्टर रावलको भनाई छ । जुम्लामा लकडाउनका बीच पनि दैनिक हजारौ नागरिक भारतबाट भित्रि रहेकाले कोरोना संक्रमणको उच्च जोखिम कर्णाली रहेको छ । हेल्थ डेक्समा चेकजाँचमा कडाई गर्न समेत निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।

२५ सय यात्रुको चेकजाँच
बाहिरवाट जिल्लामा भित्रने व्यक्तिकाे संख्या बढेपछी जाँच गरेर मात्रै पठाईने गरिएको छ । जुम्लामा प्रवेश विन्दु नाग्ममा तीन दिनमा २ हजार ५ सय जनाको चेकजाँच गरिएको छ ।  स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डा. धिरज गुरुङको नेतृत्वमा टोली खटाएर सम्पर्क गर्न भनिएको छ ।
जुम्ला विमानस्थल र जुम्लाको प्रवेशद्धार नाग्ममा हेल्थ डेक्स स्थापना गरिएको छ भने कर्णाली प्राविधिक शिक्षालय जुम्ला सय वेडको क्वारेनटाइन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २० वेडको आइसोलेन को व्यवस्थापन गरिएको छ ।

कोरोना परीक्षण सेन्टर आवश्यक
कर्णाली प्रदेशका हिमाली जिल्लाको जुम्ला भौगोलिक दृष्टिकोणले केन्द्रविन्दुमा रहेको छ । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएकाले हिमाली जिल्ला कालिकोट, मुगु, डोल्पाका विरामी यहाँ उपचार गर्न आउने गर्दछन् । अहिले कोरोना प्रभाबले साविक कर्णालीका नागरिक भारतबाट गृह जिल्लामा भित्रिने क्रम बढ्दो रहेको छ ।
कोरोना भाइरल फैलिएको भारतबाट कर्णालीमा आउने नागरिकको संख्या बृद्धि भएकोले यहाँको संक्रमण फैलिने सम्भावना बढी रहेको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले बताए । उनले भने यहाँ कोरोना परीक्षण गर्नका लागि काठमाडौँ पठान एम्बुलेन्स दुगुराउनु प¥यो वा हवाई फलाईट गर्नुको विकल्प छैन । यसले गर्दा पनि यहाँ कोरोना परीक्षण सेन्टरको आवश्यकता परेको हो उनले भने ।

जुम्लामा निषेधाज्ञा
जुम्लामा लकडाउन कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले निशेषधाज्ञा जारी गरेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउन भन्दै निषेधाज्ञा जारी गरेकी हुन् ।
प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञामा औषधि उपचार, खाद्यन्न आपुर्ति र अत्यावश्क काममा वाहेक वाहिर नसिनस्कन आदेश गरिएको छ । यसैगरी अनुमति प्राप्त सवारी साधन, सुरक्षा र स्वास्थ्यकर्मीका साधन वाहेक अन्य साधन निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिइन् ।

यसैगरी निशेषधाज्ञा जारी गरेपछि अहिले जुम्ला सदरमुकाम बन्द भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा अतिआवश्यक औषधी र खाद्य बस्तु खरिद गर्ने समय विहान ७ देखी ९ बजे र दिउसो ४ देखी ६ बजे सम्म समय निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ