२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना संक्रमण बढेसँगै कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार

कोरोना संक्रमण बढेसँगै कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार


सुर्खेत – कोरोना संक्रमणको वृद्धिसँगै कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा पनि सुधार हुँदै गैरहेको छ । विगतमा झाडापखाला, हैजा जस्ता सामान्य रोगले महामारीको रुप लिने गरेको र सोहि कारणबाट ज्यान समेत गुमाउनु पर्ने बाध्यता रहेको उक्त प्रदेशमा अहिले कोरोनाकै कारण स्वास्थ्यको क्षेत्रमा विकास हुँदै गरेको देखिएको  हो ।

चिकित्सकको अभाव भोगिरहेको यस प्रदेशका दुर्गम ठाउँका नागरिकले अहिले विशेषज्ञ चिकित्सकबाट उपचार पाउन थालेका छन् । स्वास्थ्यचौकी अस्पतालहरुको स्तरोन्नति भएको छ । अस्पतालमा सघन उपचार कक्ष (आइसीयू) र भेन्टिलेटर जस्ता महत्वपूर्ण उपकरण थपिएका छन् । व्यक्तिगत सरसफाइमा सुधार आउनुका साथै आयुर्वेदिक उपचारप्रति पनि नागरिक चासो बढेको पाइन्छ । यी सबैको विकास कोरोनाकै कारण भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखा प्रमुख बृष शाही बताउछन् ।

२७ स्थानमा चिकित्सकको निगरानीमा सेवा उपलब्ध

कर्णाली प्रदेशमा कोरोनाको पहिलो संक्रमण दैलेखको आठबिस नगरपालिकाका ३५ वर्षे पुरुषमा देखिएको थियो । भने हालसम्म सो प्रदेशमा २ हजार ६९१ जनामा कोरोना पुष्टि भैसकेका छ ।

कर्णालीका कुनै पनि अस्पतालमा चिकित्सक बस्न नमान्ने विगतको अवस्थामा कोरोना केस देखिएसँगै अहिले केहि परिवर्तन आएको छ । सबै जिल्ला र मुख्य स्थानमा चिकित्सकको निगरानीमा उपचार सेवा पु¥याइएको महासाखा प्रमुख शाहिको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेशका १० जिल्लाका सदरमुकाम तथा पायक पर्ने स्थान छनौट गरी २७ स्थानमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएको उनको भनाइ छ । उक्त टोली ती स्थानमा बसेर नागरिकको सेवा गर्ने गरेको उनी बताउँछन । यस्तै, कोरोना रोकथाम र प्रतिकार्यका लागि १७६ सामुदायिक नर्स, ३२ हेल्थ असिस्टेन्ट र २६ स्टाफ नर्स तथा अनमी करार सेवामा नियुक्त गरेर नागरिकलाई सेवा दिइएको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख शाहिले बताए ।

कोरोना संक्रमण फैलिएपछि व्यक्तिगत सरसफाइमा कर्णालीका नागरिक सचेत भएका छन् । साबुनपानीले हात धुने, स्यानिटाइजर लगाउने, सामाजिक दुरी कायम गर्ने भन्ने सोचको समेत विकास भएको शाहीको भनाई छ । उनले कोरोनाको सक्रमण हुन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिँदा अन्य रोगको संक्रमणमा कमि आएमको बताए । कोरोना महामारी सुरु हुनुभन्दा अघि आठवटा आईसीयू बेड र आठवटै भेन्टिलेटर भएको कर्णालीमा अहिले बिकास भएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आइसीयू र तीनवटा भेन्टिलेटर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीनवटा आईसीयू र पाँच भेन्टिलेटर थिए । अहिले कोरोना संक्रमण रोक्न यी दुई अस्पतालमा आइसीयू बेड र भेन्टिलेटर थपिएका छन् । यो सगै कर्णाली प्रदेशमा २६ वटा भेन्टिलेटर र ६२ वटा आइसीयू बेड पु¥याइएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । साथै कर्णाली प्रदेशका दश वटा जिल्ला अस्पतालमा आसियु र भेन्टिलेटर सेवा बितार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै, कर्णालीका चार स्थानमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् । सुर्खेतको प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख अस्पताल र रुकुम चौरजहारीमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ