२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका ४२ जना संक्रमित निको भएर घर फर्किए

जुम्लाका ४२ जना संक्रमित निको भएर घर फर्किए


जुम्ला – जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिकाका ३८ जनासहित जिल्लाका ४२ जना कोरोना संक्रमित निको नभएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमितको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ४२ जना घर फर्किएका हुन् ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार आइसोलेसनमा रहेका संक्रमितको स्वाब संकलन गरी पुनः परीक्षण गर्दा विहिबार रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

यहाँका प्रमुख जिल्ला अधिकारी, कर्णाली प्रदेश सांसद, उद्योग बाणिज्य संघका अध्यक्ष, होटल व्यवसायी संघका अध्यक्ष लगायतलाई संक्रमण देखिएपछि त्रासपुर्ण वातावरण बनेका थियो । तर १० दिनपछि पुन: स्वाब परीक्षक गर्दा प्रजिअ भुपेन्द्र थापाको रिपोर्ट नेगेटिभ आएर कोरोना संक्रमण मुक्त हुनु भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकार देवकोटाले बताए । उनले भने, ‘अरु व्यक्तिहरुको पुन: परीक्षण गर्नका लागि शुक्रबार स्वाब संकलन गर्ने तयारी गरिएको छ ।’

योसँगै जिल्लामा कोरोना संक्रमित निको भएर घर फर्किनेको संख्या १९३ जना पुगेको छ । १५ जना आइसोलेसनमा र ९ जना होम आइसोलेसनमा गरी २४ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका ९ हजार २८६ जनाको पिसिआर परीक्षण गरिएकोमा २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ