२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडा. केसीको १९ औं अनशन जुम्लाबाट सुरु

डा. केसीको १९ औं अनशन जुम्लाबाट सुरु


जुम्ला–चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.गोविन्द केसी आफ्नो १९ औं अनशन जुम्लाबाट सुरु गरेका छन् । उनको जुम्लाको चन्दननाथ-६ रानीचौरमा रहेको वाविरा मन्दिरमा १९ औं अनशन सुरु भएको हो ।

नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा. केसीले प्रतिक्रिया दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने उनको माग छ ।

यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदश तथा डोटी ,डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ