२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश : एकैदिनमा ३९ जना संक्रमणमुक्त, थपिए २८ जना नयाँ संक्रमित

कर्णाली प्रदेश : एकैदिनमा ३९ जना संक्रमणमुक्त, थपिए २८ जना नयाँ संक्रमित


जुम्ला –  कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा २८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २२ जना, बझाङ, सर्लाही, बाँके दाङका एक–एकजनामा र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा सल्यानका एकजनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।

कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या दुई हजार आठ सय ६३ पुगेको छ ।

३९ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले बताए ।

‘कर्णालीमा हालसम्म दुई हजार पाँच ७० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्,’ उनले भने, ‘हाल कोरोना सक्रिय संक्रमितको संख्या दुई सय ७८ रहेको छ ।’ ६ महिनामा ६ जनाको कोरोना संक्रमितको निधन भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ