२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअनसनरत डा. केसीको समर्थनमा हस्ताक्षर संकलन अभियान

अनसनरत डा. केसीको समर्थनमा हस्ताक्षर संकलन अभियान


जुम्ला – चिकित्सा शिक्षा क्षेत्र सुधारका माग राख्दै पाँच दिनदेखि अनसनरत  डा. गोविन्द केसीको समर्थनमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । डा. केसीको अनसनस्थल जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका – ६ रानीचौरको धर्मशालामा व्यानरमा डा. केसीको मागप्रति समर्थनसहित एक्यवद्धता जनाउदै नागरिक समाज जुम्लाको अगुवाइमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो ।

डा. केसीको स्वास्थ्य अवस्था चेकजाँच गर्न खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक प्रविण गिरीले भने, ’उनको स्वास्थ्य अबस्था हाल सामान्य नै छ तर पनि उनी सुगरका बिरामी भएकाले नियमित चेकजाँचको खाँचो पर्छ । उनको मुटुको धड्कन भने बढ्दै गएको छ ।’

 चिकित्सक गिरीका अनुसार उनको मुटुको धड्कन, रक्तचाप निरन्तर बढ्दै गएको अवस्थामा सुगरको औषधी सेवन गर्नुपर्ने हुन्छ । तर डा. केसीले चिनीको मात्रा समेत जाँच गर्न मानेका छैनन् ।शरीरमा पानीको मात्रा कम हुँदै जाँदा रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ । त्यसका लागि अनिवार्य सलाइन पानी दिनुपर्छ। तर अनसनरत डा. केसीले सलाइन पानी समेत लिन नमानेको उपचारमा खटिएका चिकित्सक गिरीले जानकारी दिए ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ