२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अपडेट : संक्रमण घटेपछि निषेधाज्ञा हटाइयो

कर्णाली प्रदेश अपडेट : संक्रमण घटेपछि निषेधाज्ञा हटाइयो

कनकासुन्दरीमा २५ बेडको आइसोलेसन निर्माण


जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण घटेपछि निषेधाज्ञा हटाएको छ । संक्रमण घटेपछि र आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि प्रशासनले गएको बिहिबारदेखि निषेधाज्ञा हटाएको हो ।

उद्योगी बाणिज्य संघ, नागरिक समाज र आम नागरिकाको आग्रहलाई मध्येनजर गर्दै जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड अपनाउने गरी निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘अब सम्पूर्ण व्यवसाय र नियमित एवंम व्यवस्थित रुपमा सञ्चालन हुनेछन् ।’

प्रशासनले निषेधाज्ञा हटाएपनि नेपाल सरकारले निषेध गरेका सैलुन, जिम, व्यूटिपार्लर, समुहमा खेलिने खेलकुद, सिनेमा हल, शैक्षिक संस्था, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रर्दशन, सभा, भेला गर्न भने नपाईने जनाएको छ ।

त्यसैगरी, कुनै किसिमका धार्मिक कार्यक्र, चाँडपर्व, मेला, जमघट, राजनीतिक भेला तथा कार्यक्रम गर्न नपाईनेसहित ८ बुँदे सूचना सार्वजनिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।  प्रशासनले आदेश बमोजिम पालन नगरेको खण्डमा संक्रमण रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ तथा अन्य प्रचलित कानुन अनुसार कारवाही गरिने पनि चेतवानी दिएको छ ।

जिल्लाका ८ स्थानीय तहका २२० जना सक्रमित मध्ये २१३ जना निको भएर घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । अब होम आइसोलेनमा ३ जना र संस्थागत आइसोलेनमा ४ जना मात्र रहेको जनाएको छ । चैत महिनादेखि यता ६ महिनामा नौहजार ८१८ जनाको कोरोना परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले तथ्यांक सार्वजनिक गरेको छ ।

कनकासुन्दरीमा २५ बेडको आइसोलेसन निर्माण

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको हाडसिञ्जा स्वास्थ्य चौकीमा २५ बेडको आइसोलेसन तयार भएको छ । कोरोना संक्रमितलाई राखेर उपचार गर्नका लागि दुर्गम भेगको स्वास्थ्य चौकीमा आइसोलेसन तयार गरिएको हो ।

स्वास्थ्य चौकीका प्रमुख विरेन्द्र उपाध्यायका अनुसार दातृ निकाय आइएनएफ र गाउँपालिकाको समन्वयमा २५ बेडको आइसोलेसन तयार गरिएको हो । अहिले यो गाउँपालिकामा संक्रमित छैनन् । ‘पहिला संक्रमित भएका सबै निको भएर घर फर्किसेका छन् ।, ‘उनले भने, ‘संक्रमण फैलिदो अवस्थामा छ । पछि समस्या नहोस भनेर यो तयारी गरिएको हो ।’

कर्णालीमा मृत्यूदर कम

कोरोना संक्रमण दुई हजार आठ सय बढि पुगि सक्दा भने कर्णालीमा खासै सिकिस्त नभएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले बताए । उनले ६ जना बाहेक अन्य मृत्यूदर अन्य प्रदेशको तुलमा अहिले कम भएको जानकारी दिए । मन्त्री रावलले कर्णालीमा कोभिड १९ संक्रमित ९० प्रतिशत निको भएका र ०.२ प्रतिशत मृत्यू भएको बताए ।

कोभिड प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न बैठकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप १५ वटा भेन्टिलेटर र आईसियू सहितको आवश्यक उपकरण सहयोग गर्न सरकारलाई अनुरोध गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ