२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका दुई चिकित्सक संविधान दिवसमा विभूषित

जुम्लाका दुई चिकित्सक संविधान दिवसमा विभूषित


जुम्ला—कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत दुई जना चिकित्सक प्रबल जनसेवा श्रीबाट विभूषित भएका छन् । प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मंगल रावल र चिकित्सक धिरज गुरुङ संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलव्धमा राष्ट्रपतिमार्फत प्रबल जनसेवा श्रीबाट विभूषित भएका हुन् ।

लामो समयदेखि प्रतिष्ठानमा कार्यरत चिकित्सकद्वय कर्णालीका बिरामीहरुलाई सेवा गर्दै आएका छन् भने पछिल्लो सयममा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।

विभूषित चिकित्सक रावलले यस्ता किसिमका सम्मान तथा विभूषितले काम गर्ने मान्छेलाई अझै उर्जा मिलेको बताए । उनले भने, ‘आफ्नो कामको क्रियाशीलतामा निखार ल्याउने र अझै काम गर्नु पर्दछ । यसले झन देश, जनताको सेवाप्रति उत्साहित बनाएको छ ।’

त्यसैगरी चन्दननाथ नगरपालिका– १ जुम्लाका भाषाविद् रमानन्द आचार्य पनि प्रवल जनसेवा श्रीबाट विभूषित भएका छन् । एक दशक लामो समयदेखि जुम्ली खसको शब्दकोष तयार गर्दै आएका आचार्य संविधान दिवसमा राष्ट्रपतिमार्फत विभूषित भएका हुन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ