२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा ७१ हजार पीसीआर परीक्षण, ३ हजार भन्दा बढी संक्रमित

कर्णालीमा ७१ हजार पीसीआर परीक्षण, ३ हजार भन्दा बढी संक्रमित


जुम्ला – कर्णाली प्रदेशको १० जिल्लामा ७१ हजार १५५ जना नागरिकको कोरोना आरटी पीसीआर परीक्षण गरिएका मध्ये तीन हजार १७३ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।  कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ३४ हजार ७४५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ हजार ४९८, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला, रुकुमपश्चिमले ६ हजार ३२९ परीक्षण गरेको हो ।

त्यसैगरी, दैलेख अस्पतालमा ४ हजार ५८३ व्यक्तिको आरटी पीसीआर परीक्षण गरिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । ‘पीसीआर परीक्षण गरिएका व्यक्तिहरुमा ६७ हजार २३६ व्यक्तिको नतिजा नेगेटिभ छ,  ‘महाशाखा प्रमुख शाहीले भने, ‘पछिल्लो २४ घण्टामा सुर्खेतमा २१, दैलेखमा १०, सल्यान, जुम्ला, कञ्चनपुर, बैतडी, प्यूठान र एक जना भारत गरी ३७ व्यक्ति थपिएसँगै कर्णालीमा तीन हजार १७३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।’

संक्रमितहरुमा दुई हजार ५९८ पुरुष र ५७५ महिला रहेको उनले बताए । त्यस्तै, सोमबार नौ व्यक्ति डिस्चार्ज भएसँगै कर्णालीमा दुई हजार ६८७ व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । ४८० सक्रिय संक्रमित र कालीकोट र हुम्लाबाहेक आठ जिल्लाका विभिन्न आइसोलेशन ४३१ जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ