२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल

कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल


सुर्खेत – कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ । बिहिबार महाशाखामा कार्यरत एक जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि माहाशाखा सिल गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको हो ।

महाशाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पृष्टी भएपछि ३ दिनका लागि महाशाखा सिल गरिएको हो । मन्त्रालयका सचिव लोकनाथ पौड्यालको हस्ताक्षरीत सुचना पत्रमा असोज ८, ९ र १० गते ३ दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको उल्लेख छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ