२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतकी एक महिलामा मृत्युपछि कोरोना रिपोर्ट ‘पोजेटिभ’

सुर्खेतकी एक महिलामा मृत्युपछि कोरोना रिपोर्ट ‘पोजेटिभ’


सुर्खेत – सुर्खेतकी एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ११ पिपिरा सुर्खेतमा डेरा गरी बस्ने ३५ वर्षीया ती महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको हो ।

उनी आफनो डेरामा गत मंगलवार मृत अवस्थामा फेला परेकी थिइन । पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल लगिएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मृतकको बुधबार स्वाब परीक्षण गरिएको र सो परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । मृतक महिला भेरी गंगा नगरपालिका वडा नं १ की स्थायी बासिन्दा भएको बताइएको छ ।

कोरोना संक्रमण पुष्टीपछि उनको शव स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको शव व्यवस्थापन टोलीले अन्तिम संस्कार गरेको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ