२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रतिष्ठानले ग¥यो करिब २६ हजार नागरिकको पीसीआर परीक्षण

प्रतिष्ठानले ग¥यो करिब २६ हजार नागरिकको पीसीआर परीक्षण


जुम्ला – पश्चिम नेपालकै सबैभन्दा ठुलो स्वास्थ्य संरचना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका खल्दै आएको छ । चीनमा कोरोना भाइरस फैलिएसँगै प्रतिष्ठानले आफ्नो पूर्व तयारीका कार्य थालनी गर्दै आएको थियो ।

प्रतिष्ठानले आफ्नै लगानीमा गएको बैशाख २१ गतेदेखि आरटी पीसीआर मेसिन सञ्चालनमा ल्याएको हो । मेसिन सञ्चालनमा आएदेखि प्रतिष्ठानले २५ हजार ८१६ जना नागरिकको कोरोना परीक्षण गरेको मेडिकल रेक्टर मेघराज बुढाले बताए । उनले भने, ‘यसमा ८८२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।’

प्रतिष्ठानले तयार गरेको १ सय २० बेडको आइसोलेसन तयार गरी आइसोलेसन बेड पनि ब्लूु, ग्रीन र रेड जोन बनाएर विभाजन गरेको अस्पताल निर्देशक डा. रावलले बताए । ‘बिरामीको अवस्थाअनुसार विभिन्न जोनमा राखेर सोहीअनुसारको उपचार गर्ने प्रतिष्ठानले तयारी गरेका छौ, ‘उनले भने ।

६ बेडको बच्चा राख्ने आइसीयुसहित हाल प्रतिष्ठानमा १६ वेडको आइसीयु रहेको छ भने ९ बेडको भेन्टिलेटर रहेको छ । जसलाई कोरोना विशेष अस्पताल बनेर फरक प्रवेशद्धार बनाई प्रयोगमा ल्याइएकोे छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार विभिन्न दातृ निकायदेखि संघीय र प्रदेश सरकारबाट सुरक्षित स्वास्थ्य सामग्री उपलव्ध भएकोले अहिले प्रतिष्ठानमा सामग्री पर्याप्त नै छ ।

६० जना विशेषज्ञ डाक्टर, १५ जना नर्सिङ अफिसर, ७५ जना नर्सिङ स्टाफ, अन्य स्वास्थ्यकर्मी र कर्मचारी गरी तीन सय बढीको जनशक्ति रहेको छ । यस्तै, आईसीयु विज्ञ भने, ‘आइसीयुका विषयमा पोख्त डा. प्रवीणकुमार गिरी रहेका छन् । प्रतिष्ठानमा आवश्यक उपकरण सिटिस्क्यान बीएसएल थ्री प्रयोगशाला रहेको छ ।’

कर्णाली प्रदेशको १० जिल्लासहित सुदुरपश्चिम प्रदेशका डडेलधुरा, अछाम, बजुरासमेतका जिल्लाका स्वाब परीक्षण गर्दै आएको हो । जुम्लाका मात्रै झण्डै १० हजार नागरिकको स्वाब परीक्षण गरेको उनले बताए । १० हजार जनाको परिक्षणमा २६६ जनाको रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

अहिले जिल्लामा २७ जना स्वास्थ्यकर्मीसहित ४६ जना सक्रिय सक्रमित रहेका छन् । सक्रिय संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको अन्तरिम संबिधान २०६३ को धारा ८३ वमोजिमको व्यवस्थापिका संसद्को हैसियतमा संविधान साभाले एउटा छुटै ऐन २०६८ कार्तिक ३ गतेका दिन पारित गरि विधिवत रुपमा स्थापना भएको संस्था हो । यस संस्थाले पिछडिएका जिल्लाहरु हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, बझाङ, बाजुरा र अछाम जस्ता जिल्लाहरुमा सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ