२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि


सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल ⁄पशुपंछी रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा ७७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ९ जना सहित ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका १९, स्वास्थ्यकर्मी १२, कर्मचारी ८, क्वारेन्टाइनमा रहेका ६, सशस्त्र प्रहरी ५, एयरलाइन्स कर्मचारी चार, प्रहरी तीन, विरामी र शिक्षक दुई-दुई जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यसका साथै कृषक, अटोचालक, इन्जिनियर, थुनुवा, लगायत रहेको सामाजिक विकास मन्त्रालय स्वाथ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

उनका अनुसार सुर्खेतका ५३, जुम्लाका ७, दैलेखका ६, कालीकोटका चार, जाजरकोटका २ र अन्य प्रदेशका १४ जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या तीन हजार सात सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार ४५ पुगेको कंडेलले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ