२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार पग्यो, थपिए ६९ जना

कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार पग्यो, थपिए ६९ जना


सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या चार हजार पुगेको हो ।

बुधबार थप ६९ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ३७ पुगेको छ। प्रदेश अस्पताल ⁄ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६४, दैलेख अस्पतालमा चार र रुकुमपश्चिममा गरिएको परीक्षणमा एक गरी ६९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा जिल्लागत आधारमा सुर्खेतका ५४, दैलेखका ५, डोल्पाका २, रुकुमपश्चिम र जुम्लाका १ ⁄१  र अन्य प्रदेशका ६ जना छन् । पछिल्लो २४ घण्टामा ४४ जना कोरोना निको भइ डिस्चार्ज भएका हुन् ।

कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार दुई सय २९ पुगेको छ । यसका साथै कर्णालीमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ८२ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महासाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलको भनाइ छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले जानकारी दिए। कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य १० जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ