२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडिन नियुक्ति खारेजीको माग गर्दै उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

डिन नियुक्ति खारेजीको माग गर्दै उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी


जुम्ला -अनियमित डिन नियुक्तिको खारेजीको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिको कार्यालय प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला लगाएको हो ।

सोमबार उपकुलपति डा. वाग्लेले जनस्वास्थ्य संकायको डिन नियुक्त गरेका थिए । अस्पताल प्रशासनभित्र रजिष्ट्रार, उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षदेखि डिनको कार्यालय समेत तालाबन्दी गरिएको हो ।

योसँगै अस्पतालमा सबै प्रशासनिक काम ठप्प भएका छन् । प्रतिष्ठानमा दुईवटा संकायका डिन नियुक्त भइसकेका थिए । उनीहरुलाई जनस्वास्थ्य संकायको समेत जिम्मेवारी दिन सकिने अवस्था हुँदाहुँदै  पनि उपकुलपति बेग्लै प्रतिष्ठानको आर्थिक भार भएको नियुक्ति प्रतिष्ठानको हितमा नभएको आन्दोलित कर्मचारी बताउँछन् ।

उपकुलपति डा. वाग्लेले काठमाडौँ सम्पर्क कार्यालयबाट अर्को डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । मंगलबार कर्मचारी कल्याणकारी समाजले डिन नियुक्ति फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएका थिए ।

उपकुलपति वाग्ले पछिल्लो चौविस घण्टामा कुनै प्रक्रिया नदिएपछि बाध्य भएर ताला लगाउनु परेको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले बताए । ‘असोज २६ गते काठमाडौँ कार्यालयबाटै उपकुलपतिले डिन नियुक्त गरेका थिए । सो कदम फिर्ता लिन २४ घण्टाको अल्टिमेटम दियौँ, अध्यक्ष उपाध्यायले भने, ‘अस्पताल प्रशासन तथा शैक्षिक प्रशासनमा अनिश्चितकालिन ताला लगाउन बाध्य भयौँ ।’

कर्मचारी समाजले प्रतिष्ठानमा भइरहेको डिन नियुक्ति लगायतको फर्जी कर्मचारी नियुक्ति प्रक्रियामा भइरहेको अनियमितता विरुद्दको आन्दोलनमा साथ दिन जुम्लावासीलाई आग्रह गरेको छ । उपकुलपति डा. वाग्लेले डिन नियुक्तिका विषयमा जिम्मेवार नभएको आरोपसमेत लगाइएको छ ।

अनियमित तवरले नियुक्त गरिएका स्वास्थ्य संकायका डिनलगायतका सम्पुर्ण फजुल नियुक्ति खारेज गर्नुपर्ने, कर्मचारी कल्याणकारी समाजले यसअघि राखेका मागहरु कार्यन्वयन गर्नुपर्ने र कोरोनामा खटिने सम्पूर्ण चिकित्सक तथा कर्मचारीहरुको जोखिम भत्ता तत्काल उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

एमबीबीएस र एमडिजीपिका लागि पनि डिन नियुक्ति अनिवार्य भएको उपकुलपति वाग्ले बताए । यति गर्दा पनि मागको सम्बोधन नभएको खण्डमा इमरजेन्सी बाहेकका सबै बन्द गर्ने चेतावनी कर्मचारी कल्याणकारी समाजले चेतावनी दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ