२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजारभन्दा बढी

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजारभन्दा बढी


सुर्खेत- कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार एक सय ३८ पुगेको छ । गएको आइतबार मात्रै थप १ सय ३ जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो तथ्यांक अनुसार पुष्टि हुनेमध्ये जिल्लागत आधारमा सबैभन्दा बढी सुर्खेतका ५१ जना, दैलेखका २७, रुकुमपश्चिमका आठ, सल्यानका सात, कालिकोटका चार, हुम्लाका तीन र अन्य प्रदेशका तीन जना छन् ।

प्रदेश अस्पतालरपशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत मा गरिएको परिक्षणमा ७०, दैलेख अस्पताल प्रयोगशाला दैलेखमा गरिएको परिक्षणमा २३ चौरजहारी प्रयोगहाला रुकुम पश्चिममा आठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुई गरी एकसय तीन जनामा कोरोना पुष्टि भएको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

कर्णालीमा डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ६२ पुगेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलको भनाई छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ