२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना फैलावटमा संवेदनशिलता देखिएन, थपिए १३ सक्रंमित

कोरोना फैलावटमा संवेदनशिलता देखिएन, थपिए १३ सक्रंमित


जुम्ला –  जुम्लामा अहिले कोरोना संक्रमण समुदायस्तरमा फैलिदो अवस्थामा छ । तर पनि संक्रमण फैलावट रोक्न तथा न्यूनिकरणमा यहाँका नागरिक संम्वेदनशिल देखिएका छैनन् । यहाँका राजनीतिक दलका पार्टी कार्यकर्ताले जमघट, भेला गर्न छोडेका छैनन् ।

दिनप्रतिदिन संक्रमण फैलिदो अवस्थामा भएपनि राजनीतिक दलका कार्यकर्ताले जमघट र भेला गरेका कार्यक्रमका तस्बिर विना हिजकिचावट सामाजिक सञ्जालमा पोष्ट गरेर संक्रमण फैलावटलाई प्रसय दिँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलका नेता कार्यकर्तालाई राजनीतिक जमघट भेला रोक्न पटक पटक ध्यानाकर्षण गर्दा पनि स्थानीय प्रशासनलाई चुनौती दिदै सामाजिक सञ्जालमा छरप्रष्ट रुपमा कार्यक्रम सार्वजनिक गर्ने गरेका छन् । समुदायमा संक्रमण फैलिदै गएपनि राजनीतिक दलका अगुवा नेता कार्यकर्ताले भने आफ्नो भाषण ठोक्न भने छोडेका छैनन् ।

कोरोना माहामारी रोकथाम तथा नियन्त्रण सम्बन्धि छलफल तथा समीक्षामा राजनीतिक दलका पार्टीका नेतालाई राजनीतिक जमघट तथा भेला किन गरियो भन्ने प्रश्नमा तोडमोड गरी उत्तर दिने, अब नगर्ने भन्ने प्रतिबद्धतासमेत गछन् । तर भोलिपल्ट उस्तै क्रियाकलाप दोहो¥उन छोड्दैनन ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार राजनीतिक भेला तथा जमघट रोक्न पार्टीका नेतालाई पटक पटक ध्यानाकर्षण गराउदै आएका छौँ तर पनि रोकिएका छैनन् । स्थानीय प्रशासनले निरन्तर रुपमा कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु आग्रह गर्दै आएको उनले बताए । उनले भने तर पनि कोरोना संक्रमणको दर न्यूनिकरण हुन सकेको छैन । नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड नपनाएकै कारण संक्रमणको दर बढ्दै गएको हो ।

१४ निको भए 

बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका एक चिकित्सकसहित जुम्लामा १३ जना संक्रमति थपिएसँग ५० जना सक्रिय संक्रमित पुगेका छन् । त्यस्तै विहिबार १४ जना डिस्चार्ज भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

गएको चैतदेखि कार्तिक पहिलो सातासम्म ३ सय २४ जना कोरोना संक्रमित भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । त्यसैगरी २ सय ५० जना संक्रमित निको भई घर फिर्ता भएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ