२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदोश्रोपटक शून्यमा झरेको जुम्लामा कोरोना ग्राफ बढ्यो

दोश्रोपटक शून्यमा झरेको जुम्लामा कोरोना ग्राफ बढ्यो


जुम्ला –  दोश्रोपटक कोरोना शून्य भएको जुम्लामा संक्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना संक्रमणको ग्राफ बढेको विश्लेषकहरुले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहत उच्चपदस्तका व्यक्तिहरुमासमेत कोरोना संक्रमण देखिने गरेको छ ।

जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना संक्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै संक्रमित निको भएपछि दोस्रोपटक पुनः संक्रमण शून्य भएको थियो ।  यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्त व्यक्ति कोरोना संक्रमित भइसकेका छन् । तर, कोरोना संक्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निषेधाज्ञाजस्ता कार्य गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ ।

गएको चैतयता जुम्लामा संक्रमित हुनेको संख्या तीन सय ३० पुगेको छ । बुधबारसम्म ४८ जना सक्रिय संक्रमित रहेका छन् । यहाँका आठ वटा स्थानीय तह मध्ये सवै भन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

चन्दननाथ नगरपालिका अर्थात जुम्लाको सदरमुकाम खलङ्गामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यहाँका विशेषज्ञ चिकित्सकसमेत सक्रमित भइरहेका छन् ।

दुईसय ८२ जना निको भएर घर फर्किसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनका अनुसार सक्रिय संक्रमित ५ जना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा रहेका छन् । गएको चैत महिनादेखि यता यहाँका १० हजार ७ सय ९२ जनाको आरटी पिसिआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । लकडाउन भए यता भारत दोस्रो मुलकबाट एक हजार एक सय ७२ जना र मलेसिया, कतारलगायतका तेस्रो मुलकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रबेश गरेको प्रशासनको तथ्यांक छ ।

आइसियुमा १० बेड मात्रै

यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसियू १० बेड मात्र रहेको छ । प्रतिष्ठानमै अन्य साधारण आइसोलेसन बेड भने एक २० बेड रहेको जनाएको छ ।  त्यसैगरी,  यहाँका ८ स्थानीय तह र नेपाली सेनाका व्यारेकमा १५ देखि ५० बेडसम्म गरी जुम्लामा जम्मा चार सय ४५ बेडका आइसोलेसन सेन्टरहरु रहेको स्थानीय प्रशासनले जनाएको छ । थप आइसियू र भेण्टिलेटर कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

 


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ