२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना कहर : जुम्लामा देउसी-भैलो खेल्न प्रतिबन्ध

कोरोना कहर : जुम्लामा देउसी-भैलो खेल्न प्रतिबन्ध


जुम्ला  – जुम्लामा यसवर्ष तिहारमा खेलिने देउसी-लो र पुजापाठ गर्न प्रतिबन्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोनाको महामारीलाई मध्यनजर गर्दै देउसी-भैलो खेल्न प्रतिबन्ध लगाएको हो ।

महामारीको अवस्थामा यस वर्ष जिल्लाका सबै स्थानीय तहहरुमा देउसी भैलो खेल्न रोक लगाईएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको एक नगरपालिका र सात गाउपालिका गरी आठवटा स्थानीय तहमा देउसी भैलो खेल्न र पुजाआजामा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने ‘देउसी भैलोको कार्यक्रम गर्दा धेरै जमघट हुने हुन्छ । यस कारणले कोरोना संक्रमणको झन जोखिम उच्च हुने सम्भावना हुन्छ । जसका लागि हामीले यसवर्ष जिल्ला भरी देउसी भैलो खेल्न प्रतिबन्ध लागाउने निणर्य गरेका हौँ ।’

जिल्ला सुरक्षा समितिले मात्रै निगरानी गरेर हुदैन सबै स्थानीय तह जिम्मेवारी हुन आबश्यक छ । जिल्ला सुरक्षा समितिले तिहारमा देउसी भैलो खेल्न नदिन जुम्लाका सबै स्थानीय तहलाई पत्राचार समेत गरिएको उनले बताए । कुनै पनि ठाउँमा यस्ता कार्य गरेको पाइएमा जोसुकैलाई संक्रमाण रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ अनुसार कारवाही गरिने छ ।

तिहारमा हुने आगलागी जस्ता गतिविधिलाइ मध्यनजर गरी अत्तिसबाजी, पटका लगायतका ज्वलनशिल प्रदार्थ प्रयोग गर्न र विक्रिवितरणमा रोक लगाइएको जिल्ला प्रशासन जुम्लाले जनाएको छ । साथै अनावश्यक रुपमा सार्वजानिक रुपमा जमघट, राजनितिक भेला, सभा, सम्मेलन जस्ता कार्यगरी शन्तिसुरक्षामा, सुब्वस्थामा खलल पु¥याउने कुनै खालको गतिबिधि गरेको खण्डमा कानुनी कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ । तिहारको अवधिभर साँझ ७ बजे भन्दा पछि मदिरा बेचबिखन गर्न पाइने छैन ।

तिहारको रमाइलो गर्ने बाहनामा हो-हल्ला गरी शन्ति सुरक्षा भंग गर्ने जुवाताज खेल्ने खेलाउने कार्य गरेको खण्डमा प्रशासनले प्रचलित कानुन बमोजिम कारवाही गर्नेछ । तिहारलाई लक्षित गरी घट्ने घटनालाई  मध्येनजर गरी सुरक्षाकर्मी थप परिचालन गरिने प्रहरी नायव उपरिक्षक माधव काफ्लेले बताए । उनले भने सबैभन्दा बढी जमघट हुने स्थानमा सुरक्षा ब्यवस्था कडा पारिने छ ।

प्रहरी प्रशसानले मात्रै कडा गरेर हुदैन महामारीबाट बच्नका निम्ति आम नागरिकले आफ्नो कर्तब्य निर्वाह गर्न जरुरी छ । कोरोना संक्रमण समुदायमा फैलिरहेको छ । यहाँ संक्रमितको संख्या ३ सय ६९ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ । त्यस्तै निको भएर ३ सय ३२ जना भएका छन् भने सक्रिय संक्रमित ३७ जना रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ