२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रतिष्ठानको सेवा चुस्त र जवाफदेही बनाउन सर्वदलीय बैठक, आएनन् उपकुलपति प्रा.डा. वाग्ले

कर्णाली प्रतिष्ठानको सेवा चुस्त र जवाफदेही बनाउन सर्वदलीय बैठक, आएनन् उपकुलपति प्रा.डा. वाग्ले


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सेवा प्रवाह, स्तरोन्नती लगायतका विभिन्न विषयमा जुम्लाको सर्वदलीय बैठक  बसेको छ । प्रतिष्ठानको सेवा प्रवाह, शैक्षिक कार्यक्रम सहित विभिन्न सवालमा शनिबार बैठक बसेको हो ।

जिल्ला समन्वय समिति जुम्लाले आयोजना गरेको सर्वदलीय बैठक जिल्लाका राजनैतिक दलले विभिन्न सूझाव सहित तीनवटा निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रतिष्ठानले हालसम्म गरेका नियूक्ति, भर्ना प्रक्रिया, शैक्षिक कार्यक्रम लगायतका विषयमा जनगुनासो बढेकाले सार्वजनिक सुनुवाई गर्न अनुरोध गर्ने, एचए स्टाफनर्सलाई कर्णाली प्राविधिक शिक्षालयलाई जिम्मा हुने भएकोले प्रयोगात्मक केन्द्रको रुपमा प्रतिष्ठानलाई लिन समन्वय गर्ने, प्रतिष्ठानमा सशुल्क र निशुल्क सेवा लिन आउने सर्वसाधारणले सहज ढंगले जानकारी गराउन र सूचना अधिकारीको अनिवार्यता गर्ने निर्णय गरिएको छ ।

बैठकमा पूर्व राज्यमन्त्री गोमा कुँवरले प्रतिष्ठानको सेवा प्रवाहलाई सजिलो बनाउदै थप फराकिलो र साझा वनाउने प्रयास गर्न सूझाव दिइन् । उनले कोभिड १९ का विरामीलाई अनुगमन गर्ने समयन्त्र बलियो बनाउनु पर्ने बताइन् ।

पूर्वराज्यमन्त्री बलवहादुर महतले प्रतिष्ठान साझा भएकाले कसरी थप बलियो बनाउन सकिन्छ सो विषयमा जोड दिन आवश्यक रहेको बताए । नेकपा जिल्ला अध्यक्ष वीरबहादुुर कुँवरले प्रतिष्ठान गौरवको संस्था भएकाले भएका समस्या जानकारी गराउन सूझाव दिए । उनले निश्चित व्यक्तिका मानिसहरुलाई रोजगारी र विद्यार्थी भर्नामा अवसर प्रतिष्ठानले दिइरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सेवा प्रवाहमा मुस्कान सहितको सेवामा जोड दिन आवश्यक भएको बताए । उनले नागरिक वडापत्र र वीमा औषधीमा सहज बनाइनु पर्नेमा जोड दिए । नेपाली कांग्रेसका यूवा नेता महेन्द्र कार्कीले सकारात्मक सवालमा समर्थन सबैको हुनुपर्नेमा जोड दिए ।

अनुसन्धानमा जोड

यसैगरी प्रतिष्ठानको वर्तमान सेवा प्रवाह, शैक्षिक कार्यक्रमका विषयमा शिक्षाध्यक्ष डा. निरेश थापाले प्रस्तुतीकरण गरे । उनले एमबिबिएसको तयारी पनि भइरहेको जानकारी दिए । प्रतिष्ठानमा बिस्तारै विरामीको संख्या बढिरहेको समेत जानकारी दिए ।

उनले प्रतिष्ठानले अहिले अनुसन्धानलाई समेत जोड दिन शुरु गरेको बताए । यहाँको जनशक्तिको राष्ट्रिय अन्तर्राष्ट्रिय  जर्नलमा आर्टिकल प्रकाशन, कर्णाली प्रतिष्ठानको भिन्नै ३-३ महिनामा जर्नल प्रकाशन, अनुसन्धान केन्द्र स्थापना सहित विभिन्न कामहरु शुरु भएको बताए । उनले सर्वदलीय बैठकमा आएका जिज्ञासाको उत्तर दिनु भएको थियो । प्रतिष्ठान ऐनमार्फत जन्मिएकाले संचालनमा खासै कठिनाई नहुने उनको दावी छ ।

यस्तै, वर्षेनी खर्च बढि र आम्दानी भएको मात्रै होइन ३ हजारको शल्यक्रिया यही हुने भएकाले ६० करोडको प्रतिष्ठानले काम गरेको, प्रतिष्ठानले यहाँको रोजगारी सहित, आर्थिक मुहार फेर्दे गरेको बताए ।

यसैगरी, विभिन्न २६ वटा सेवा प्रवाह गरिरहेको जानकारी गरिएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले खर्चको जानकारी दिएका थिए । काफ्लले एक वर्षमा ४५ करोड खर्च हुने गरेको बताए । प्रतिष्ठानको आन्तरिक आम्दानी ६ करोड रहेको छ । उनका अनुसार माथिल्लो तहका नपाईने विशेषज्ञ वाहेकका अन्य सवैमा विज्ञापनबाटै नियूक्त गरिएका बताए । साना साना कार्यालय सहयोगी र कम्पनी मार्फत अधिकार क्षेत्रमा परेका जनशक्ति पनि काम गरिरहेका बताए ।

सर्वदलीय बैठकमा उपकुलपतिको गएनन् 

उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेले जिल्लाको सर्वदलीय बैठक उपस्थित भएनन्। आफुमाथि आएका जिज्ञासाको जवाफ दिन नसकेपछि उपकुलपतिलाई समेत बोलाइएको बैठकमा कार्यकारी परिषद्को बैठक बसाली शिक्षाध्यक्ष डा. निरेश थापा र रजिष्ट्रार विश्वराज काफ्लेलाई बैठकमा पठाएको तर जिल्लाको अपमान गरेको जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले बताए ।

पूर्व राज्यमन्त्री बलबहादुर महतले उपकुलपतिले जवाफदिन नसक्ने भएपछि नआएको र उनी उत्तरदायी हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलागाईले उनले जनस्वास्थ्य डिन नियूक्तिमा कानून सम्वद गरेपनि प्रक्रिया मिचेर गरेको विषयमा प्रतिष्ठानका कर्मचारी आन्दोलित भएपछि समाचार लेख्ने पत्रकारहरुका फोन नउठाउने र भेटन पनि नमान्ने, सूचना नदिने विषयमा अपमान भएको भन्दै आपत्ति जनाए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ