२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशएकैपटक कर्णालीका ४२ वटा स्थानीय तहमा आधारभुत अस्पतालको शिलान्यास

एकैपटक कर्णालीका ४२ वटा स्थानीय तहमा आधारभुत अस्पतालको शिलान्यास


जुम्ला – ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एकसाथ शिलान्यास गर्न लागिएको छ । कर्णाली प्रदेशका दश वटा जिल्लामा ५, १०, १५ शय्याका अस्पतालको एकसाथ शिलान्यास गर्न लागिएको हो ।

कर्णाली प्रदेशमा ५ शैय्याको एक, १० शैय्याको नौ र १५ शैय्याको ३२ वटा स्वास्थ्य चौकी एकसाथ शिलान्यास गर्न लागिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले बताए ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानका ८ वटा स्थानीय तहमा, दैलेख र सुर्खेतका ७-७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास हुने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, जाजरकोट, हुम्लामा ४÷४ वटा स्थानीय तहमा, रुकुमपश्चिम, डोल्पाका ३-३ वटा स्थानीय तहमा, जुम्ला र कालिकोटमा २÷२ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा बन्न लागेका अस्पतालको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, कर्णाली प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु र सम्बन्धित निर्वाचन क्षेत्रका सांसदहरुले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ