२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्मान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्मान


जुम्ला – कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई सम्मान गरेको छ । कर्णाली प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गरी यहाँको नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउन योगदान गरेबापत प्रतिष्ठानलाई मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगर सुर्खेतले सम्मान गरेको हो ।

मन्त्रालयले नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउनका लागि शैक्षिक क्षेत्र र उपचार सेवामा विशेष योगदान गरेबापत उच्च सम्मान गर्दै प्रशंसापत्र पदान गरेको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताए ।

उनले भने, ‘कर्णाली प्रदेशका १३ अस्पताल तर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र चौहरजहारी अस्पताल सम्मान गरेको हो ।’

विगत जस्तै आगामी दिनमा पनि पर्याप्त सहकार्य-समन्वय गरी स्वास्थ्य अवस्थामा सुधार गर्नमा निरन्तर सहयोग रहनेछ भन्ने विश्वास लिइएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ