२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगर्भवती आमालाई बर्थिङ सेन्टरमा निमन्त्रणा, पोषणयुक्त खानेकुरा र न्यानो झोला वितरण

गर्भवती आमालाई बर्थिङ सेन्टरमा निमन्त्रणा, पोषणयुक्त खानेकुरा र न्यानो झोला वितरण


जुम्ला – कनकासुन्दरी गाउँपालिकाको हाडसिन्जा स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टरले गर्भवती आमालाई निमन्त्रणा गरेको छ । स्वास्थ्य चौकीमा गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षित गर्नका लागि गर्भवती आमालाई निमन्त्रणा गरिएको हो ।

गर्भवती आमाको स्वास्थ्य सुरक्षा र स्वास्थ्यचौकी आउन आकर्षण बढाउनका लागि सोही गाउँपालिका – ४ का ३० जना गर्भवती आमालाई निमन्त्रणा गरी न्यानो झोला वितरण गरिएको स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्रप्रसाद उपाध्यायले बताए ।  वडा कार्यालयको आर्थिक सहयोग तथा हाटसिंजा स्वास्थ्य स्वास्थ्य चौकी जुम्लाको समन्वयमा गर्भवती आमालाई अण्डा, हर्लिक्स र झोला वितरण गरिएको उनको भनाई छ ।

गर्भवती तथा नवजात शिशुको स्वास्थ्य अवस्थाम सुधारको लागि पोषणयुक्त कोशेली झोला, अण्डा, हर्लिक्स वितरण गरिएको उपाध्ययाले जानकारी दिए । गर्भवती महिला र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउनका लागि न्यानो झोला वितरण गरिएको हो ।

नियमितरुपमा गर्भवती आमाले स्वास्थ्य संस्थामा चेकजाँच गर्नेको संख्यामा वृद्धि गर्ने उद्देश्यले गर्भवती महिलालाई झोलामा कोशेली राखेर वितरण गरिएको उपाध्यायले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले भनिन्, ‘गर्भावस्था देखि नै पोषणमा विशेष ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य संस्थामा चेकजाँच र प्रसुति गृहमा नै सुत्केरी गराउनु पर्ने जनाउँदै शिशु जन्मीएपछि आमाले नियमित पोषिला खानेकुरा खानुपर्ने भएकोले यस्तो व्यवस्था गरिएको हो ।.


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ