२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको स्थानीय तहमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर

जुम्लाको स्थानीय तहमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर


जुम्ला – तिला गाउँपालिका – ३ कुडारीमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सुञ्चालन गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेत र जिल्ला आयुर्वेद कार्यालयको आयोजनामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर चलेको हो ।

गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले ६५ वर्षीय ददिमल रावत र ६० वर्षीया हैता रावतलाई शक्तिवद्र्धक च्यवनप्राश दिएर शिविर सञ्चालन भएको थियो । पिछडिएका नागरिकका लागि यो शिविर निकै उपलब्धिपूर्ण भएको बताउँदै उपाध्यक्ष बुढाले लामो समयदेखि रोग पालेर बसेका जनताको लागि राहत मिलेको बताइन् ।

उनले भनिन्,‘यो क्षेत्र निकै दुर्गम भएकोले स्वास्थ्यमा पहुँच पुग्न सकेको थिएन । अतिविपन्न नागरिकका लागि स्वास्थ्य सेवा लिन सदरमु्काम खलंगासम्म पुग्न पनि कठिन छ । यो समयमा गाउँमै नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर बसेपछि निकै राम्रो सहयोग मिलेको छ ।’ यो शिविर जुम्लाको तिला गाउँपालिकामा मात्र चलेको हो ।

यहाँ तातोपानी, हिमा र गुठिचौर सम्मका बिरामी स्वास्थ्य जाँच गर्न पुगेका थिए । तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले शिविरमा उत्साहपुर्वक स्वास्थ्य जाँच गराउन स्थानीय सहभागी भएको बताए । उनले भने,‘यो शिविर जिल्लाको अर्को स्थानीय तहमा सञ्चालन गर्न सकिने अवस्था रहन्थ्यो । तर भौगोलिक विकटता देखि स्वास्थ्य सेवाको पहुँचका आधारमा यहाँ राखिएको हो ।’

यहाँका नागरिक एक वर्षमा एकपटक पनि स्वास्थ्य जाँच गराउन कठिन छ । तर यो पटक गाउँमै स्वास्थ्य सेवा पाए । यो नि:शुल्क शिविरले निकै राहत मिलेको छ । स्वास्थ्य सेवा निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख पुष्पा आचार्यले प्राय सबै रोगको जाँच गरिएको बताइन । उनको अनुसार शिविरमा सबै प्रकारका रोगका बिरामीको उत्साहपुर्वक सहभागता रह्यो ।

उनले भनिन, ‘शिविरले स्वास्थ्य अवस्थाको पहिचान हुनुका साथै शक्तिवद्र्धक आयुर्वेदिक औषधी समेत बिरामीलाई उपलब्ध भयो । बालबालिका देखि वृद्धवृद्धासम्मले स्वास्थ्य सेवा लिए । यो राम्रो पक्ष हो ।’

शिविरको एक हजार जनाको उपचार गर्ने लक्ष्य रहेको थियो । शाखा प्रमुख आचार्यका अनुसार शिविरमा ग्याष्ट्रिक, अल्सर, सुगर, हाडजोर्नी तथा नसा, छाला रोग, स्त्रीरोग, वाथ, खाना नपच्ने, खोकी लाग्ने र श्वासप्रश्वास सम्बन्धि रोगको उपचार भएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ