२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको सिंजामा आँखा उपचार केन्द्र स्थापना

जुम्लाको सिंजामा आँखा उपचार केन्द्र स्थापना


जुम्ला—सिंजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका र नेपाल नेत्रज्योती संघको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिका स्थानीय सरकारले गरेको हो । उनले भने, ‘यस केन्द्रमा उपकरणको व्यवस्थापन भने नेपाल नेत्रज्योती संघले गरेको हो ।’ आँखा उपचार केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाले आँखा उपचार सम्बन्धि दक्ष एक जना नायव सुव्वा स्तरको कर्मचारी व्यवस्थापन गरेको उनले बताए ।

संघीय संरचनाअनुसार सिंजा भेग (तिला, हिमा, सिंजा र कनका सुन्दरी गाउँपालिका) निर्वाचन क्षेत्र नम्बर (ख) पर्दछ । गाउँपालिका प्रव क्ता तथा वडाध्यक्ष नवीन शर्माकाअनुसार यहाँका नागरिक आँखा उपचारका लागि लामो दूरीमा रहेको जुम्लाको सदरमुकाम निर्वाचन क्षेत्र नम्बर (क) खलंगास्थित आँखा उपचार केन्द्रमा पुग्नुपर्ने अवस्था थियो ।

नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपनि यहाँका जेष्ठ नागरिक तथा आँखा सम्बन्धी बिरामी भएका व्यक्तिले नजिकै उपचार पाउने भएका छन् । विशेष गरी यो आँखा उपचार केन्द्रमा हिमा, सिंजा र कनका सुन्दरी गाउँपालिकाका नागरिकलाई सहज हुने वडाध्यक्ष शर्माले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ