२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासीमा ६ सय ३६ जनाले लगाएको कोरोना विरुद्धको खोप

पातारासीमा ६ सय ३६ जनाले लगाएको कोरोना विरुद्धको खोप


जुम्ला—जुम्लाको पातारासी गाउँपालिकाका ६५ वर्षमाथिका ६ सय २६ जनालाई कोरोना विरुद्धको खोप लगाएको छ । २७ फागुनदेखि पालिकामा सुरु गरिएको कोरोना विरुद्धको खोप अभियानमा उनीहरुले खोप लगाएको हुन् ।

त्यसैगरी पहिलो चरणमा छुटेका १३ जना स्वास्थ्यकर्मीलाई पनि खोप लगाइएको स्वास्थ्य शाखा संयोजक रतन बुढ्थापाले बताए । उनले भने, ‘पालिकाभरी जम्मा ६ सय ३६ जनालाई कोरोना विरुद्धको खोप लगाएर दोस्रो चरण खोप कार्यक्रम सम्पन्न गरिएको छ ।’

पहिलो चरण खोप कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत कर्मचारी गरी पालिकाभरीका २ सय ११ जनालाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउँदैँ आएको छ । गाउँपालिकाको सातै वडामा आधारभूत स्वास्थ्य सेवा, पाँच शैय्याका अस्थायी अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि आधारभूत स्वास्थ्य सेवामा मजबुत भएको हो । गाउँपालिका ७ वडामा विभाजित छ । ३, ६ र ४ नम्बर वडामा प्रसुती गृहसहितको स्वास्थ्य सेवा रहेको छ भने १ नम्बर वडामा स्वास्थ्य चौकी रहेको छ ।

त्यसैगरी, ४ नम्बर वडाको डोलकाटीमा पाँच शैय्याको अस्थायी अस्पताल रहेको छ । यस्तै, स्वास्थ्य चौकी नभएका वडामा आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखा संयोजक बुढ्थापाले बताए । उनले भने, ‘संघीय सरकारको १५ लाख बजेटमा ३ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न थालिएको छ ।’

यहाँको वडा नम्बर २ तल्फी गाउँमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ । ५ र ७ नम्बर वडामा स्थापना गर्न बाँकी रहेको उनले बताए । ‘स्थापना गर्न बाँकी रहेका आधारभूत स्वास्थ्य केन्द्र पनि छिट्टै स्थापना गरी सेवा प्रवाह गर्ने योजना बनाएका छौं,’ उनले भने । गाउँपालिकाले स्थापना गरेको अस्थायी अस्पतालमा चिकित्सकको पदपूर्ति हुन सकेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाकाअनुसार चिकित्सकका लागि विज्ञापन गर्दा पनि सकैको आवेदन परेन । गाउँपालिकाको स्वास्थ्य क्षेत्रतर्फ चालु आर्थिक वर्षमा १ करोड ७४ लाख रकम विनियोजन गरेको छ ।

गाउँपालिकाकै स्वास्थ्य संस्थामा उपचार हुन नसकेका तथा जटिल प्रकृतिका विरामीलाई थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाउने गरिएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ