२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा ४१ जना नयाँ एचआइभि संक्रमित भेटिए

कर्णालीमा ४१ जना नयाँ एचआइभि संक्रमित भेटिए


सुर्खेत – कर्णाली प्रदेशमा ४१ जना नयाँ एचआइभि संक्रमित पत्ता लागेका छन् । आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ४१ जना एचआइभि संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार नयाँ पत्ता लागेका एचआइभि संक्रमितमध्ये २ जना गर्भवति महिला रहेका छन् । जसमा एकजना रुकुमपश्चिम र एक महिला सुर्खेतकी हुन् ।

आर्थिक वर्ष २०७७/०७८ मा कुल ३२ हजार ३६ जना महिलालाई गर्भावस्था तथा सुत्केरी अवस्थामा एचआइभि परीक्षण गरिएको थियो । हाल नयाँ पत्ता लागेका सबै एचआइभि संक्रमितले एआरटी सेवा लिइहेका छन् ।

यो सँगै कर्णाली प्रदेशमा एचआइभि संक्रमितको कुल संख्या ६ सय ५१ पुुगेको छ । कर्णालीका सबै एचआइभि संक्रमितले एआरटी सेवा लिइरहको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ