२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा एकै परिवारका तीन जनालाई गम्भीर रोग, सहयोगको अपेक्षा

सुर्खेतमा एकै परिवारका तीन जनालाई गम्भीर रोग, सहयोगको अपेक्षा


सुर्खेत- वीरेन्द्रनगरका हस्तबहादुर दर्लामी प्यारालाइसिस रोगले थला परेका छन् । वीरेन्द्रनगर नगरपालिका ५ बिहानी टोल, सुर्खेत निवासी दर्लामी प्यारालाइसिस रोगले थला परेको तीन वर्ष बित्यो । तर, उनलाई अँझै निको भएको छैन ।

उमेरले ६८ वर्ष पुगेका उनको यतिबेला प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । तर, उपचार गर्ने खर्च अभावको चिन्ताले हस्तबहादुरका घाउ झन् बल्झिन थालेका छन् । भनिन्छ,‘हुने हार दैव नटार’ भनेझै प्यारालाइसिसको पीडाले थलिएका हस्तबहादुरलाई पीडामाथि थप पीडा पर्दै गएको छ ।

आफ्नै रोगको पीडाले उपचार गर्न धौ-धौ परेको बेला हस्तबहादुरका छोराको दुवै मृर्गौला फेल भएका छन् । भने, नातीलाई रत्त क्यान्सर समेत भएको छ । एकै परिवारका तीन जनालाई गम्भिर रोग लागेपछि यतिबेला दर्लामी परिवार निकै चिन्तामा छ ।

घरका तीन जनालाई प्यारालाइसिस, मृर्गौला फेलदेखि रक्त क्यान्सरसम्मको रोग लागेपछि दर्लामी परिवारलाई आर्थिक संकट हुनुका साथै ऋणको भार धान्न नसक्ने अवस्था आएको छ । हस्तबहादुर दर्लामीका ४२ बर्षिय छोरा पदमबहादुर थापा दर्लामीका दुवै मृर्गौला फेल भएका छन् ।

उनलाई बचाउन उनकी आमा जसुमा दर्लामीले मृर्गौला प्रत्यारोपण गरेपछि हाल उनीसमेत अस्वस्थ बनेकी छन् । धर्मभत्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भत्तपुरमा डाइलाइसीस सेवा लिदै आएका पदमबहादुरका मृर्गौला फेल भएको ९ वर्ष बित्यो । हाल उपचार खर्च अभावले उनको डाइलाइसीस गर्न समेत हम्मे-हम्मे परेको छ । तर, दुर्भाग्यवस पीडाकाबिच घरमा फेरी उनका छोरा पुस्कर दर्लामी मगरलाई रत्त कयान्सर भएपछि पदमबहादुरलाई आफुभन्दा आफ्नो छोरो बचाउने चिन्ता छ । उमेरले १८ वर्षका पुस्करलाई रत्त क्यान्सर भएपछि विगत एक वर्षयता नेपाल क्यान्सर अस्पताल काठमाडौंमा उपचार हुँदै छ ।

‘आफ्नै रोगको डाइलाइसीस  गर्ने पैसा छैन । बुवालाई प्यारालाइसिसको उपचार कसरी गर्नु?,’मृगौंला पीडित पदमबहादुरले भने, ‘त्यसैमा छोराको क्यान्सर उपचारका लागि तत्काल ४० लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । म कसरी यी आर्थिक भार धानेर उपचार गराउ ।’

१२ जनाको दर्लामी परिवारमा तीन जनामाथि बज्रपात पर्दा घरका सबै सदस्य मानसिक चिन्तामा छन् । ‘घरमा कमाउने कोही छैन । हालसम्म तीन जनाको उपचार गर्दा एक करोड बढी खर्च भइसक्यो,’ उनका आफन्त बिरबहादुर थापामगरले भने, ‘जग्गा बेच्दै उपचार गर्दा अब बस्ने घर मात्रै बाँकी छ । तीन-तीन जना गम्भिर रोगका बिरामीलाई कसरी उपचार गर्ने ?’

तीनै जना बिरामीको ज्यान जोगाउनका लागि आफन्तले आर्थिक सहयोगको हारगुहार गरेका छन् । त्यसका लागि स्वदेश तथा विदेशमा रहनुहुने सबै मनकारी नेपालीलाई आग्रह गरिएको छ । जसका लागि बिरामी पदमबहादुर थापा दर्लामीको सम्पर्क नम्बर ९८४९५२८६८७, कुमारी बैंक लिमिटेड सुर्खेत शाखामा रहेको खाता नम्बर ०२६००४८१८०७००००१ र आफन्त विरबहादुर थापामगरको सम्पर्क नम्बर ९८४८०२४७५३ मा सम्पर्क गरी मनकारी व्यक्तिहरुले आर्थिक सहयोग गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ