२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालबाट ११४ जनाले डाइलाइसीस सेवा लिए

कर्णाली प्रदेश अस्पतालबाट ११४ जनाले डाइलाइसीस सेवा लिए


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट १ सय १४ जनाले डाइलाइसीस सेवा लिएका छन् । डाइलाइसीस सेवा सुरु भएदेखि हालसम्म १ सय १४ जनाले सेवा लिएको अस्पताललले जनाएको छ ।

प्रदेश अस्पतालमा वि.सं. २०७४ मंसिरबाट डाइलाइसीस सेवा सुरु भएको थियो । विभिन्न कारणले दुबै मिर्गौला फेल भएर उपचाररत बिरामीहरुले हप्तामा दुई पटकसम्म निःशुल्क डाइलाइसीस सेवा लिइरहेको अस्पताल नर्सिङ निरीक्षक तथा डाइलाइसीस विभाग प्रमुख विन्दु कँडेलले बताइन् । उनका अनुसार हाल २९ जना डाइलाइसीसका बिरामीले नियमित सेवा लिइरहेका छन् ।

‘सरकारले डाइलाइसीस सेवा निःशुल्क गरेको छ । सोहीअनुसार हामीले सेवा दिइरहेका छौं । तर, बिरामीका लागि अन्य औषधी आवश्यक परेमा बिरामी आफैले किन्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘औषधी किन्नका लागि स्वास्थ्य बिमा गरेका बिरामीले छुट पाउने हुँदा सहज भएको छ ।’

तर, स्वास्थ बिमा नगरेका बिरामीलाई कतिपय औषधि किन्नुपर्ने बाध्यता हुन्छ । त्यसका लागि सबैलाई स्वास्थ्य बिमा अनिवार्य गर्न उनले आग्रह गरिन् । उपचाररत डाइलाइसीसका बिरामीहरुले अस्पतालले दिएको सेवाप्रति सन्तुष्टी जनाएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ