२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रतिष्ठान र क्यानडाको विश्वविद्यालयबीच स्वास्थ्य शिक्षा तथा अनुसन्धानमा सहकार्य गर्ने सम्झौँता

कर्णाली प्रतिष्ठान र क्यानडाको विश्वविद्यालयबीच स्वास्थ्य शिक्षा तथा अनुसन्धानमा सहकार्य गर्ने सम्झौँता


काठमाडौँ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेमोरियल न्युफाउन्डल्याण्ड विश्वविद्यालय, क्यानडाबीच स्वास्थ्य सेवा र शिक्षासम्बन्धि अनुसन्धान गर्ने सम्झौता भएको छ। मंगलबार दुई संस्थाबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने गरी पाँच वर्षे सम्झौता भएको हो।

प्रतिष्ठानकातर्फबाट उपकुलपति डा. मंगल रावल र मेमोरियल विश्वविद्यालयकातर्फबाट भ्वाइस प्रिसिडेन्ट डा. मार्गरेट स्टीलिले सम्झौँता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्र अनुसार दुई संस्थाबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा ज्ञान  र आवश्यक सहयोगको आदानप्रदान हुनेछ। विद्यार्थी मोविलिटी, पठनपाठन, विभिन्न प्रकाशन, अनुसन्धान सामग्री तथा समाचार आदानप्रदान गर्ने र सङ्काय विकाससँग सम्बन्धित प्रोजेक्टमा सहकार्य भएको सम्झौता पत्रमा उल्लेख छ ।

उपकुलपति रावलले यस सम्झौताले दुवै संस्थाको  सञ्चालित स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धान गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताएका छन्।

No photo description available.


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ