२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिकित्सकलाई ‘माननीय’ उपाधि दिन प्रदेश सांसद रावलको प्रस्ताव

चिकित्सकलाई ‘माननीय’ उपाधि दिन प्रदेश सांसद रावलको प्रस्ताव

सरकारी डाक्टरहरुको प्राइभेट प्रायाक्टिस बन्द गर्ने कानुनी व्यवस्था गर्न आग्रह


वीरेन्द्रनगर—कर्णाली प्रदेशसभा सदस्य तथा एमाले नेता दल रावलले चिकित्सकलाई पनि ‘माननीय’ उपाधि दिन प्रस्ताव गरेका छन् । बुधबार कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रममाथि बोल्दै रावलले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले मानिसलाई जीवन दिने चिकित्सकलाई ‘माननीय’ उपाधि दिन प्रस्ताव गरेका थिए । ‘मानिसको जीवन दिने चिकित्सकहरुलाई पनि हाम्रो प्रदेशमा माननीय उपाधि दिने ब्यवस्था गरौं,’ उनले भने, ‘तर, यो व्यवस्था ११ औं तह माथि वा प्रोफेसरस्तरका चिकित्सकलाई मात्र दिने व्यवस्था गरौं ।’

कर्णाली प्रदेशका पूर्व सामाजिक मन्त्री समेत रहेका रावलले यस व्यवस्थाबाट पनि कर्णालीमा विषेशज्ञ चिकित्सकको सम्मानजनक उपस्थिती हुने उल्लेख गर्दै यसबाट स्वास्थ्य सेवा प्रभावकारी हुने दावी गरे ।

यस्तै, रावलले स्वास्थ्य सेवाको मापदण्डअनुरुप चिकित्सक र स्वास्थ्यकर्मी राख्ने व्यवस्था गर्न पनि प्रस्ताव गरेका छन् । ‘सरकारी सेवाका चिकित्सकलाई कार्यलय समयभरि अस्पतालमा काम गर्न अनिवार्य गरौं,’ उनले भने, ‘प्राइभेट प्रायाक्टिस बन्द गर्ने कानुनी व्यवस्था गरौं ।’

यसअघि व्यवस्था गरिएको कर्णालीका चिकित्सकलाई इन्सेन्टीभलाई संस्थागत गर्न र आवश्यक परे थप गर्न समेत उनले आग्रह गरे ।

चिकित्सक र स्वास्थ्यकर्मीको तहगत बढुवाका लागि ३ वर्ष काम गरे बढुवा योग्य हुने व्यवस्था गर्नुपर्ने बताउँदै रावलले प्राविधिक स्वभावका मन्त्रालयहरुमा सम्वन्धित विषयको विज्ञ सचिव राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ