२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्मा डा. भट्टराईको नियुक्तिसँगै पूर्णता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्मा डा. भट्टराईको नियुक्तिसँगै पूर्णता


जुम्ला—लामो समयदेखि पूर्णता पाउन नसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्ले पूर्णता पाएको छ । सोमबार प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले डा. रमेश भट्टराईलाई कार्यकारी परिषद् सदस्यमा नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको छ ।

डा. मंगल रावलको सिफारिसमा डिनहरुको तर्फबाट डा. रमेश भट्टराईलाई कार्यकारी परिषद्का सदस्यका लागि गरेको सिफारिस गरेका थिए । उक्त सिफारिसअनुसार मन्त्री खापुङले डा. भट्टराईलाई परिषद्को सदस्यमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका डिन रहेका डा. भट्टराई यसअघि प्रतिष्ठानको प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेका छन् । एनेस्थेसियोलोजिष्ट उनी ८ वर्षदेखि प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन् ।

प्रतिष्ठानको कार्यकारी परिषद्मा उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र निर्देशक पदेन सदस्य रहने व्यवस्था छ । उपकुलपतिको सिफारिसमा चिकित्सक शिक्षकका तर्फ डा. अनुममंगलस समाल र डा. राजीव साह यसअघि नै कार्यकारी परिषद्को सदस्यमा नियुक्त भइसकेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)