२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिंजाका तीनै पालिकामा आँखा उपचार केन्द्र सञ्चालन

सिंजाका तीनै पालिकामा आँखा उपचार केन्द्र सञ्चालन


जुम्ला–पछिल्लो समय जुम्लामा स्वास्थ्य संरचना थपिदै गएका छन् । एक दशकअघि यहाँको स्वास्थ्य क्षेत्र निकै कमजोर थियो । जुम्लाका नागरिक उपचार गर्नैका लागि जिल्ला बाहिर नेपालगज्ज काठमाडौं देशका ठूला सहरमा पुग्नुपर्ने बाध्यता थियो ।

तर, वि.सं. ०६८ सालमा दुर्गम जिल्लाको स्वास्थ्य सेवा गर्नका लागि जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भयो । तीन सय बेडसहितको पर्याप्त चिकित्सकले सेवा प्रदान गर्दै आएका छन् । स्थानीय तहमा भएको प्रसुति गृहसहितका स्वास्थ्य संस्था पनि मजबुत भन्दै गएपछि यहाँका नागरिकलाई स्वास्थ्य सेवाका लागि सहज भएको छ ।

आँखाको उपचारका लागि यहाँका स्थानीय तहमा आँखा उपचार केन्द्र पनि थपिदै गएका छन् । जुम्लाको सिंजा भेगमा तीन पालिका छन् । जो यहाँको मुकाम खलंगादेखि निकै टाढा पनि छन् । धेरै टाढाबाट सदरमुकाम खलंगा उपचार गर्न आउँदा सहज छ ।

हिमा गाउँपालिकाल आँखा उपचार केन्द्र स्थापना गरेको छ । हिमालय आँखा अस्पतालको सामाग्री सहयोग तथा पालिकाको प्राविधिक सहयोगमा सेवा संचालन गरेको हो ।

आँखा उपचार केन्द्रका लागि चाहिने मेसिनलगायतका सबै सामग्री हिमालय आँखा अस्पताल पोखराले उपलब्ध गराएको हो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार पालिकास्तरीय आँखा उपचार केन्द्र संचालनका लागि चिकित्सकको व्यवस्थापन पालिकाले गर्नेछ ।

उनले भने धुलो धुँवाका कारण गाउँमा आँखाका बिरामी वर्षेनी बढ्दै गर्छन् । शिविर संचालन गर्दा भिड हुने, टाढा गएर उपचार गराउन आर्थिकले नभ्याउने हुँदा नागरिकको राहतका लागि पालिकामै आँखा उपचार केन्द्र संचालन गरिएको हो । बुधबारबाटै आँखा उपचार केन्द्रको सेवा सुरु भएको छ ।

कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा पनि वि.सं. ०७८ चैत अन्तिम सातादेखि आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका र नेपाल नेत्रज्योती संघको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले बताए ।

सिंजा गाउँपालिकाको नराकोटमा अघिल्लो वर्ष आँखा उपचार केन्द्र स्थापना भएको हो । गाउँपालिका र नेपाल नेत्रज्योती संघको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । आँखा उपचार केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाले आँखा उपचार सम्बन्धि दक्ष एक जना नायव सुब्बास्तरको कर्मचारी व्यवस्थापन गरेको छ । नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपनि यहाँका जेष्ठ नागरिक तथा आँखा सम्बन्धी बिरामी भएका व्यक्तिले नजिकै उपचार पाएका छन् ।

यहाँको मुकाम खलंगा अर्थात चन्दननाथ नगरपालिकामा संघीयता अघिदेखि नै आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो । जुम्लाका ८ स्थानीय तह मध्ये ४ स्थानीय तहमा आँखा उपचार केन्द्र संञ्चालनमा आएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ