२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँपालिकाले पूरा गर्दैछ नवीनको एमबीबीएस सपना

गाउँपालिकाले पूरा गर्दैछ नवीनको एमबीबीएस सपना


जुम्ला–पातारासी गाउँपालिका–४ लुमगाउँ २३ वर्षीय नवीन रेउले अहिले देवदह मेडिकल कजेज बुटवलमा चिकित्सा शिक्षा अध्ययनरत छन् । उनी पातारासी गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा एमबीबीएस अध्ययन गर्दै आएका छन् ।

साढे पाँच बर्षे एबीबीएस अध्ययन गर्न ४६ लाख रकम खर्च लाग्छ । ४६ लाखमध्ये ७५ प्रतिशत अर्थात ३५ लाख रुपैयाँ गाउँपालिकाले अनुदान सहयोग गरेको हो ।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हेल्थ असिस्टेन्ट (एचए) अध्ययन गरेको हुन् । ‘सामान्य कृषि पेशा व्यवसाय गर्ने बुवाआमाले एचएसम्म त पढाउनुभयो । त्योभन्दा माथि पढ्ने चाहना भएपनि घरपरिवारको क्षमता भने थिएन्,’ नवीन भन्छन् । एमबीबीएस पढ्ने चाहना हुँदा पनि खर्च अभावका कारण खुम्चिएर बस्नु परेको उनले बताए ।

तर, उनलाई लामो कसरी एबीबीएस अध्ययन गर्ने भन्ने चिन्ताले पिरोल्दै आएको थियो । ‘पातारासी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९/०८० मा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनुदान सहयोग गर्ने सूचना प्रकाशन ग¥यो,’ उनले सुनाए, ‘त्यही सूचनाकै आधारमा पालिकामा निवेदन पेस गरेपछि एमबीबीएस अध्ययन गर्ने मौका जुरेको हो ।’ उनले भने एबिबिएस पढ्ने धोको गाउँपालिकाले पूरा गरिदिएकोमा आभार व्यक्त गरे ।

पातारासी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रतन बुढ्थापाका अनुसार यो पालिका अन्य गाउँपालिकाभन्दा शिक्षा, स्वास्थ्य, विकास निर्माण, रोजगार सबै क्षेत्रमा पछाडि परेको गाउँपालिका हो ।

पालिकाको स्वास्थ्य क्षेत्रलाई माथि उकास्नका लागि गाउँपालिकाले हरेक वर्ष अनुदानमा डाक्टर पढाउने बजेट विनियोजन गर्दै आएपछि विद्यार्थी पाउने गरेको थिएन । विनियोजित बजेट फ्रिज जाने गरेको थिए ।

चालु आर्थिक वर्षमा पनि गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि बजेट विनियोजन गरेको उनले बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा एक जना स्थानीय नवीन रेउलेलाई चिकित्सा शिक्षा एमबीबीएस अध्ययन गराउँदैं आएको छ । जम्मा खर्चको ७५ प्रतिशत अर्थात ३५ लाख बजेट अनुदानमा एमबीबीएस अध्ययन गराएको हो ।’

गाउँपालिकाले वार्षिक ७ लाख बजेटका दरले पाँच वर्षमा ३५ लाख सहयोग गर्ने भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ