२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न जुटेको एक पालिका : रिखिदेउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न जुटेको एक पालिका : रिखिदेउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना


जुम्ला—संघीयतापछि स्थानीयस्तरमा नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि हुँदै गएको छ । सिटामोल नपाएर छटपटिने कर्णालीका दूरदराज गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेरै भएपनि नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन गर्न थालिएको हो ।

जुम्लाको हिमा गाउँपालिका—२ स्थित दुर्गम रिखिदेउ गाउँ कालिकोट जिल्लाको सीमा क्षेत्रमा पर्दछ । निकै दुर्गम स्थानमा रहेको रिखिदेउ गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी सञ्चालनमा ल्याइएको छ । ‘एक वडा, एक सामुदायिक स्वास्थ्य इकाई’को अवधारणाअनुसार हिमा गाउँपालिकाले रिखिदेउ गाउँमा स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले दुर्गम गाउँमा स्वास्थ्य सेवाको सुनिश्चितता र स्थानीय सरकारको अनुभूति गराउन गाउँमै सेवाविस्तार गरिरहेको बताए । ‘हिमाका ७ वडामध्ये ६ वटै वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भइसकेका छन्,’ उनले भने, ‘अब ७ नम्बर वडामा मात्रै बाँकी छ । चाडै स्थापना गर्ने लक्ष्य राखेका छौं ।’ उनले सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि रिखिदेउका नागरिकले गाउँमै सहजै प्राथमिक उपचार पाउने आशा व्यक्त गरे ।

यसअघि ३९ घरधुरी रहेको रिखिदेउ गाउँका सयौं नागरिकले गाउँमै प्राथमिक उपचार पाउनबाट बन्चित थिए । पहिला सामान्य उपचार गराउन, टाउको दुःख्दा सिटामोलका लागिसमेत टाढा जानुपर्ने बाध्यताबाट रिखिदेउका नागरिक मुक्त भएका छन् ।

प्रत्येक सामुदायिक स्वास्थ्य इकाईमा एक जना अनमी र कार्यालय सहयोगी सहितको जनशक्ति खटाइएको छ । पालिकाले स्वास्थ्य सेवा विस्तार पूर्वाधार निर्माणका लागि बजेटमा प्राथमिकता दिएकोले सबै सामुदायिक स्वास्थ्य इकाईलाई सुविधा सम्पन्न बनाइने अध्यक्ष शाहीको भनाइ छ ।

यसअघि हिमा गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गराउने नीति पास गरिसकेको छ । विपन्न नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन गरिएको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले राहत पु¥याएको छ ।

पूर्वाधार विकास, सेवा प्रवाह, जनमैत्री काममा जिल्लाकै नमुना बन्दै गएको हिमाले संघीयता कार्यन्वयन र स्थानीय सरकारको महसुस गराउने खालका काममा अग्रसर छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ