२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदीर्घ रोगका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च उपलब्ध गराउँदैं मुसिकोट

दीर्घ रोगका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च उपलब्ध गराउँदैं मुसिकोट


वीरेन्द्रनगर—रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले दीर्घ रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने गरेको छ । नगरपालिकाले केन्द्रीय कार्यक्रमअनुसार विभिन्न दीर्घ रोगका बिरामीलाई मासिक उपचार खर्चसमेत उपलब्ध गराउन थालेको हो ।

चालु आर्थिक वर्षको साउन महिनादेखि नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, मिर्गौलाको डायलाइसिस गराइरहेका, क्यान्सर पीडित र चोटका कारण पक्षघात भई शरीरको तल्लो भाग नचल्ने समस्या भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने थालेको हो ।
प्रत्येक महिना बिरामीको खातामा जानेगरी उक्त रकम दिने व्यवस्था गरिएको, अहिलेसम्म १२ जनाले यो सेवा पाइसकेको र तत्कालका लागि स्थानीय तहले नै व्यवस्थापन गरेपनि पछि भने संघीय सरकारले उपलब्ध गराउने नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक बेदाराम ओलीले बताए ।

‘अहिले दीर्घ रोगका बिरामीको उपचार खर्च नगरपालिकाले व्यहोर्ने गरेको छ,’ उनले भने,‘पछि संघीय सरकारले नै त्यो व्यवस्थापन गर्ने योजना रहेको छ । तर, अहिलेसम्म पनि यो कार्यक्रम लागु भएको छैन ।’

त्यस्तै, नगरपालिकाले दीर्घ रोगका बिरामी क्यान्सर तथा मुटु रोग पीडितले उपचार सहुलियतका लागि सिफारिस लिने गरेको सह–संयोजक ओलीले जानकारी दिए । त्यस्तो, उपचार सहुलियत लिनेमा संख्या बढ्दै गएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा क्यान्सर रोग तथा मुटु रोगका बिरामीले उपचार सहुलियतका लागि १७ जनाले सिफारिस लिइसकेका छन् ।

यसका लागि बिरामी भर्ना भई उपचार गराइरहेको अस्पतालले सम्बन्धित व्यक्तिको रोग पुष्टि गरेको पत्र, वडाको सिफारिस र बिरामीको व्यक्तिगत निवेदनका आधारमा पालिकाले सिफारिस दिने दिएमा नगरपालिकाले एक लाख रुपैयाँसम्मको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ