गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु हेल्थ आवाज बुधबार, २०८० भदौ २७ गते, १२:४७ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली प्रदेशका आठ सय बालिकालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आजबाट पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको हो । भदौ २७ गतेदेखि ३० गतेसम्म १४ वर्ष उमेरका ८०१ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट कार्यक्रममार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा सो खोप उपलब्ध गराएको स्वास्थ्य विभागका खोप फोकल पर्सन पार्थमणि न्यौपानेले जानकारी दिए । ‘महाशाखाले देशका अन्य छ स्थानमा पनि सो खोप लगाउँदै छ ।’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सर लाग्ने दर बढ्दो रहेकाले नेपाल सरकारले पाइलट कार्यक्रमका लागि यो खोप कार्यक्रम ल्याएको हो ।’ कर्णालीमा ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका ५४ महिलाको परीक्षण गर्दा पाँच जनामा सो रोग देखा परेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । ‘अस्पतालका लागि ८०१ जना १४ वर्ष उमेर समूहका बालिकाका लागि मात्र सो खोप लगाउन शुरु भएको छ ।’ उनले भने,‘प्रदेश अस्पतालमा खेर जान सक्नेसहित गरी ८४१ डोज खोप आएको छ । त्यसमध्ये ८०१ जना बालिकालाई खोप लगाइने छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार TFN ट्रेण्डिङ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन