गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु हेल्थ आवाज बुधबार, २०८० भदौ २७ गते, १२:४७ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली प्रदेशका आठ सय बालिकालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आजबाट पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको हो । भदौ २७ गतेदेखि ३० गतेसम्म १४ वर्ष उमेरका ८०१ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट कार्यक्रममार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा सो खोप उपलब्ध गराएको स्वास्थ्य विभागका खोप फोकल पर्सन पार्थमणि न्यौपानेले जानकारी दिए । ‘महाशाखाले देशका अन्य छ स्थानमा पनि सो खोप लगाउँदै छ ।’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सर लाग्ने दर बढ्दो रहेकाले नेपाल सरकारले पाइलट कार्यक्रमका लागि यो खोप कार्यक्रम ल्याएको हो ।’ कर्णालीमा ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका ५४ महिलाको परीक्षण गर्दा पाँच जनामा सो रोग देखा परेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । ‘अस्पतालका लागि ८०१ जना १४ वर्ष उमेर समूहका बालिकाका लागि मात्र सो खोप लगाउन शुरु भएको छ ।’ उनले भने,‘प्रदेश अस्पतालमा खेर जान सक्नेसहित गरी ८४१ डोज खोप आएको छ । त्यसमध्ये ८०१ जना बालिकालाई खोप लगाइने छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्