गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाबाट एक जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार हुम्लाबाट एक जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार हेल्थ आवाज बिहीबार, २०८० असोज १८ गते, १३:५७ मा प्रकाशित वीरेन्द्रनगर– हुम्लाबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर थला परेकी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । हुम्लाको अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा ल्याइएको छ । सत्र घण्टादेखि सुत्केरी व्यथाले थलिएकी पाण्डेको र बच्चाको ज्यान बचाउन विभिन्न निकायको पहलमा उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हंसबहादुर महतराले बताए । ‘पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।’ उनले भने,‘व्यथा लागेपछि श्रीनगर स्वास्थ्य चौकीमा भर्ना भएकी उनको जटिल स्थिति (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधवार नै रेफर गरिए पनि यातायातको साधनको अभावमा बिहीबार बिहान मात्र सुर्खेत पुर्याएको छ ।’ कर्णाली लगायतका दुर्गमका जिल्लामा सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमले सुत्केरी महिलाको उद्धार गर्दै आएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक