२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश जिल्ला अस्पताल रुकुम पश्चिममा प्रदेशकै पहिलो कुरुवा प्रसूति घर निर्माण

 जिल्ला अस्पताल रुकुम पश्चिममा प्रदेशकै पहिलो कुरुवा प्रसूति घर निर्माण


वीरेन्द्रनगर– जिल्ला अस्पताल रुकुम (पश्चिम)मा प्रसूति कुरुवा घरको निर्माण गरिएको छ । गर्भवती तथा सुत्केरी महिला र उनका कुरुवाहरूलाई बस्न सहज होस भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गरिएको हो ।

कर्णाली प्रदेशमै पहिलो प्रसूति कुरुवा घरका रूपमा निर्माण भएको छ । ‘वान हर्ट वर्ल्ड वाइड’ तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर बनेको ‘वान हर्ट वर्ल्ड वाइड’का जिल्ला संयोजक लोकमणि गिरीले बताए ।

‘घर निर्माणमा २९ लाख ४८ हजार ७ सय १८ रुपैयाँ खर्च भएको छ । ४ लाख अस्पताल विकास समितिको हो भने बाँकी सबै रकम वान हर्ट वर्ल्ड वाइडको रहेको छ ।’ उनले भने,‘यो घरमा आर्थिक रूपमा विपन्न तथा टाढाका सुत्केरी, गर्भवती तथा तिनका कुरुवाहरू बस्न पाउने छन् ।’

गर्भवती घर जान पनि सम्भव नहुने र आर्थिक रूपमा विपन्न भएको अवस्थामा होटेलमा पनि बस्न नसक्ने भएकोले उक्त गर्भवती तथा तिनका कुरुवा निःशुल्क रूपमा यो घरमा बस्न पाउने गिरीले बताए । ‘कुरुवा घरमा चार वटा बेड रहेका छन् । भान्साको पनि व्यवस्था रहेको छ । गर्भवती तथा सुत्केरीलाई मापदण्ड अनुसारका खानेकुराको व्यवस्था अस्पतालले गर्ने छ ।’ उनले भने,‘अब दुर्गमबाट प्रसूति सेवा लिन जिल्ला अस्पतालसम्म पुगेका विपन्न परिवारका आमा तथा गर्भवती महिलालाई होटेलमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ