२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पताललाई १ करोड बढीको स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश अस्पताललाई १ करोड बढीको स्वास्थ्य सामग्री सहयोग


वीरेन्द्रनगर– सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई १ करोड बढीको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । अस्पताललाई  ‘ब्याक टु लाइफ’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो  ।

संस्थाले हृदय रोग निदान, उपचार तथा व्यवस्थापनमा अति आवश्यक हुने १ करोड भन्दा बढी मूल्यका मुटु रोग विभाग (कार्डियोलोजी डिपार्टमेन्ट) स्थापनार्थ आवश्यक पर्ने टिएमटी, इको, इसिजी, हल्टर हार्ट मोनिटर जस्ता विभिन्न अत्यावश्यक उपकरण हस्तान्तरण गरेको हो ।

प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्कालाई ‘ब्याक टु लाइफ’ इभी जर्मनीका अध्यक्ष स्टेला डिट्जेन, कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलबाट हस्तान्तरण गरिएको छ ।
प्रदेश अस्पताललाई हृदय रोग विभाग स्थापना गर्न ओपिडी रुम, इसीजी रुम, इकोकार्डियोग्राम रुम,  ट्रेडमिल रुम र वेटिंग रुमका लागि आवश्यक सम्पूर्ण उपकरणहरू हस्तान्तरण गरिएको ब्याक टु लाइफका  निर्देशक डिकेन्द्र ढकालले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ