२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीलाई पूर्ण खोप प्रदेश घोषणा

कर्णालीलाई पूर्ण खोप प्रदेश घोषणा


वीरेन्द्रनगर– कर्णाली प्रदेश पूर्ण खोप प्रदेश घोषणा भएको छ । बिहीबार सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीलाई कर्णालीलाई पूर्ण खोप प्रदेश घोषणा गरेको हो ।

प्रदेशका १० जिल्लाका ७९ वटै स्थानीय तहका १६ महिनादेखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरूको राष्ट्रिय खोप तालिका बमोजिम १५ महिना भित्र पाउनु पर्ने सबै खोपहरू पाइसकेको सुनिश्चित गर्दै कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो ।

पूर्ण खोपको दिगोपना कायम रहेको अवस्थामा कर्णालीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले बताए । ‘आगामी दिनमा जस्तोसुकै अवस्था र परिस्थितिमा कुनै पनि बालबालिका खोपबाट बञ्चित हुने छैनन् ।’ उनले भने–‘कर्णाली प्रदेशका शतप्रतिशत बालबालिकाले खोप पाएका छन् ।’

राष्ट्रिय पूर्ण खोप समन्वय समितिको तर्फबाट स्वयम् सेविका महानिर्देशक संगीता कौशल मिश्रले प्रदेश पूर्ण खोप प्रमाण–पत्र प्रदान गर्दै आजदेखि कर्णाली प्रदेश पूर्ण खोप प्रदेशको रूपमा घोषणा भएको बताइन् । पूर्ण कार्यक्रमलाई निरन्तरता दिनु आजको आवश्यकता रहेको बताउँदै उनले उक्त अभियानमा महत्त्वपूर्ण योगदान गर्नुहुने सम्पूर्ण निकाय, सङ्घ संस्था तथा अभियान्ताहरु प्रति आभार प्रकट गरिन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ