२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशऔषधी उपचारमा ३० प्रतिशत छुट माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ध्यानाकर्षण 

औषधी उपचारमा ३० प्रतिशत छुट माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ध्यानाकर्षण 


जुम्ला– स्वास्थ्य बिमा बाहेकका बिरामीलाई ३० प्रतिशत छुट दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई  ध्यानाकर्षण गराइएको छ । विपन्न निम्न वर्गका नागरिकलाई औषधी उपचारमा छुट दिन नेकपा माओवादी केन्द्र, चन्दननाथ नगरपालिका – २ वडा कमिटीको अगुवाइमा  प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावललाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराइएको हो ।
अस्पताल हाताभित्रको फोहोर व्यवस्थापन गर्नुपर्ने, बिरामीको उपचार सेवामा सुधार गर्नुपर्ने, ल्याबको स्तरवृद्धि गर्नुका साथै बिग्रेका उपकरण मर्मत गर्नुपर्ने लगाएका ६ वटा माग गर्दै बुधवार उपकुलपति समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
प्रतिष्ठानमा कार्यरत चिकित्सक, प्राध्यापक र कर्मचारीहरूको वृद्धि विकास गर्नुपर्ने कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्नुपर्ने, संस्थाको मापदण्डअनुसार खुल्ला प्रतिस्पर्धाका आधारमा भर्ना गर्नुपर्ने, शौचालयहरूको मर्मत तथा सरसफाइ गर्नुपर्ने माग रहेको नेकपा माओवादी केन्द्र चन्दननाथ –२ वडा कमिटी इन्चार्ज सुरेश भण्डारीले बताए ।
प्रतिष्ठानका उपकुलपति डा. रावलले उपकुलपति भएपछि आफ्नो पहिलो कामनै प्रतिष्ठानको दिगो विकास  रहेको बताए । उनले उठाइएका जायज मागका बारेमा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, सम्बन्धित सरोकारवाला निकाय सङ्घ र चिकित्सक सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।

क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ