२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनिःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा


वीरेन्द्रनगर—रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका—९ मा ४ सय ८३ जनाले निःशुल्क स्वास्थ्य चेक जाँच गराएका छन् । वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले सेवा लिएका हुन् ।

निःशुल्क स्वास्थ्य शिविरको आर्थिक र प्राविधिक सहयोग मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालको रहेको वडा सदस्य सन्तोष ओलीले जानकारी दिए ।

‘४ सय ८३ मध्ये ३ सय ५४ महिला र १ सय २९ जना पुरुषले स्वास्थ्य चेकजाँच गराएका हुन,’ उनले भने, ‘स्वास्थ्य चेकजाँच गराउनेमा २० जना गर्भवती महिला पनि रहेका छन् ।’ त्यस्तै, १ सय ३८ जनाले रक्त समूह चेक जाँच गराएको उनले जानकारी दिए ।

शिविरमा चौरजहारी अस्पतालका डा. रोहित कोजुसहित २७ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो । वडामै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

गाउँमै निःशुल्क स्वास्थ्य चेकजाँच गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ